ब्लाईण्ड अडिसनबाट बाहिरिएकाहरु, भाग–२ (भिडियो)

१७ आश्विन २०७६, शुक्रबार ०९:५०
Featured Video Play Icon

मकवानपुर, १७ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरिए । यस भिडियो सिरिजको दोस्रो भागमा भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनबाट बाहिरिएका ३ प्रतिभाहरु सन्तोष गन्दर्भ, मिरोज तुलाधार र लक्ष्मण महतोका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ । हेरौँ भिडियो–

सन्तोष गन्दर्भ, सिक्किम– नेपालको भोजपुरमा जन्मिएका सन्तोष सानैमा आमा गुमाएपछि बुवासँगै सिक्किम गए । सिक्किममा बुवासँगै सारंगी रेट्न सिकेका उनी सारंगी रेटेर नै परिवारलाई सघाउँछन् । छोरालाई साँस्कृतिक पेशा सिकाएता पनि उसले बाटोमा गाउन नपरोस् भन्ने भावना बोकेका उनी कोच प्रमोदका गीतहरु मन पराउँछन् । ३० वर्षीय सन्तोषले ब्लाईन्ड अडिसनमा कुमार शुब्बाको आवाजमा रहेको सारंगीको तार मेरो बोलको गीत गाएका थिए ।

मिरोज तुलाधार,काठमाडौँ–सँगीतमा बुवाको साथ पाएका मिरोज सँगीतसँगै जागिरलाई पनि निरन्तरता दिँदै छन् । २५ वर्षीय मिरोजले ब्लाईन्ड अडिसनमा बिपुल क्षेत्रीको डढेलो लाग्यो बोलको गीत गाएका थिए ।

लक्ष्मण महतो, सर्लाही–सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण सर्लाही निवासी हुन् । आँखा अस्पतालमा साहायकको काम गर्ने उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए । उनलाई परिवारबाट साथ भएता पनि गीत गाएर जीवन चल्ला र भन्ने प्रश्न तेर्सिन्छ । तर उनी गीत गाउन निकै रुचि राख्छन् । संगीतमा लाग्दा मरे पनि अमर बनिन्छ भन्ने सोच बोकेका सञ्जयले ब्लाईन्ड अडिसनमा पैसा कसले बनायो भन्ने गीत गाएका थिए । तर उनी दोस्रो राउण्डमा छनौट हुन सफल भएनन् । आदरणीय दर्शकविन्द, तपाई यी प्रतिभाहरुका बारेमा के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हामीलाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*