यी हुन् ब्याटलका लागि छानिएका उत्कृष्ट ६४ प्रतियोगीहरु (भिडियो)

१३ आश्विन २०७६, सोमबार ११:४२
Featured Video Play Icon

चन्द्र घलान, १३ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । अहिले ब्याटल राउण्ड सुरु भएको छ । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । त्यस्तै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ । यस भिडियो सामाग्रीमा हामीले भ्वाईसको दोस्रो सिजनमा ब्याटलका लागि छनौट हुन सफल ६४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरेका छौँ ।

आदरणीय दर्शकविन्द, तपाईको विचारमा यी ६४ जना प्रतियोगीहरुमध्ये कसले बाजी मार्छ जस्तो लाग्छ ? को पुग्लान् फाईनलसम्म ? अनि को बन्नेछ भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्क्राईब गर्नुहोला । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे बुद्ध थिङ र चर्चित मोडल आशा खड्का नयाँ म्यूजिक भिडियोमा

चर्चित मोडल आशा खड्का र मकवानपुरे युवा मोडल बुद्ध थिङ म्यूजिक भिडियोमा सँगै देखिएका छन् । मकवानपुरकै गायक बुद्ध मोक्तानको ‘छोडी गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा आशा र बुद्ध संगै देखिएका हुन् । चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेको बताइएको छ । सुटिङ सकेर केही दिनमा नै सार्वजनिक गर्न थालिएको गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् ।

गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । आफुले पहिलो पटक अभिनय गरेको बताउँदै कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको भन्दै अभिनय गरेको बताए । ‘गीतका शब्दहरु मेरै जीवनमा समेत मेल खाने रहेछ, अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव गरेँ, उनले भने । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*