ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १६ (भिडियो)

१२ आश्विन २०७६, आईतवार १२:३८
Featured Video Play Icon

चन्द्र घलान, १२ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको सोह्रौँ तथा अन्तिम भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये एजेश पौडेल, सुरज प्रताप सिंह र विशाल राईका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला ।


एजेश पौडेल, धनकुटा, हाल ईटहरी–सानैमा ईटहरीमा आएका एजेश ब्यापार समेत गर्छन् । सँगीत र व्यापारलाई सँगसँगै अगाडि बढाएका एजेश बुवा आमाले आफुलाई स्टेजमा देख्न चाहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘म त मर्छु क्यारे’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु लामा बाहेक अन्य ३ जना कोचहरु फर्किएका थिए । उनी कोच आस्थाको टिममा छन् ।

सुरज प्रताप सिंह, सर्लाही–नृत्य सिकाउनुका साथै फिटनेस ट्रेनरका रुपमा कार्यरत सुरजलाई गीतसँगीतमा पनि सानैदेखि रुचि थियो । उनले ब्लाईन्ड अडिसनमा ‘भन्छु आज मनका कुरा’ बोलको गीत गाएका थिए । उनको गीत सुनेर कोच दिप फर्किएका थिए । चर्चित डान्सरका रुपमा समेत करियर बनाउँदै गरेका सुरजले सँगीतको कुनै क्लास लिएका छैनन् । उनी कोच दिपको टिममा छन् ।

विशाल राई, भोजपुर हाल भक्तपुर –भोजपुरमा जन्मिएका विशाल अहिले भक्तपुरमा बस्छन् । उनले परिवारबाट सँगीतमा लाग्न निकै सहयोग पाएका छन् । उनी प्ले ब्याक सिंगर पनि हुन् । सँगीतको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गर्ने दौडमा रहेका विशालले ब्लाईन्ड अडिसनमा ‘उभो उभो खासा’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 10 (भिडियो)

Featured Video Play Icon
भोईस किड्स नेपालमा यी ६ प्रतियोगीको आवाजले कोचहरु उत्साहित