ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १५ (भिडियो)

१२ आश्विन २०७६, आईतवार १२:३०
Featured Video Play Icon

चन्द्र घलान, १२ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको पन्ध्रौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये श्रृङ्खला जोशी, अञ्जु राना मगर र सुमन परियारका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला ।


श्रृङ्खला जोशी, बझाङ–सुदुर पश्चिमको बझाङ निवासी श्रृङ्खला चर्चित एङ्करका रुपमा समेत चिनिन्छिन् । साथै उनी प्राध्यापक र भ्वाईस ओभर आर्टिस्ट समेत हुन् । उनी चर्चित देउडा गीतका गायक नन्दकृष्ण जोशीका छोरी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘राईझुमा’ गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।

अञ्जु राना मगर, चितवन–सानैदेखि गीत गाउन थालेकी अञ्जुले छोरी भएकै कारण केही समय सँगीतलाई स्थगित गरिन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी गीत गाउन अगाडि बढिन् । उनी चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले ‘नछोड्नु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छिन् ।

सुमन परियार, हेटौँडा, मकवानपुर–नेपाल आईडल जस्ता कार्यक्रमहरुमा समेत सहभागिता जनाएकी सुमन मकवानपुरको हेटौँडा निवासी हुन् । १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी सुमन आफ्नो बुवालाई सँगीतको प्रेरणाको श्रोत मान्छिन् । उनले ब्लाईन्ड अडिसनमा कोच आस्थाको ‘झुम्के बुलाकी’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच दिप फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 11 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*