ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १४ (भिडियो)

१२ आश्विन २०७६, आईतवार १२:२५
Featured Video Play Icon

चन्द्र घलान, १२ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको चौधौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये जमुना राई, सौगात राई र राहुल विश्वकर्माका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला ।

जमुना वान्तावा राई, खोटाङ हाल ईटहरी–सानैदेखि संगीतमा रुचि राखेकी जमुनाले एक स्थापित गायिका हुने लक्ष्य राखेकी छिन् । भ्वाईस अफ नेपालमार्फत आफुलाई सबै माझ चिनाउने आसा राखेकी जमुना परिवारका लागि पनि केही गर्न चाहान्छिन् । सानैमा हजुरआमाले जमुना र उनकी दिदीलाई हजरआमाले अध्ययनका लागि भन्दै ईटहरी पुराउनुभएको थियो । प्लस टु सकाएकी जमुना अहिले संगीत पनि सिक्दैछिन् । ब्लाईन्ट अडिसनमा उनले ‘पोखिएर घामको झुल्का’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।

सौगात राई, धरान, हाल ठमेल–ब्याण्ड चलाएर अगाडि बढेका सौगात सँगीतमा नै करियर बनाउन चाहान्छन् । भ्वाईसलाई प्रतिभा प्रष्फुटनका लागि उत्कृष्ट स्टेज र नामका लागि पनि राम्रो स्थान रहेको उनी बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिम्रो मन’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

राहुल विश्वकर्मा, नारायणघाट, चितवन–सानैदेखि गीत गाउन थालेका राहुललाई विद्यालयका शिक्षकहरुले निकै मन पराउँथे । होमवर्क गर्न बिर्सिँदा पनिस्मेन्टका रुपमा गीत गाउने जिम्मेवारी पाएका राहुललाई सँगीत क्षेत्रमा लाग्न आमाको साथ छ तर बुवाको अलि साथ छैन । फेमिली बिजनेस र सँगीतलाई सँगै लान चाहाने राहुल आफुलाई सँगीतमा स्थापित गराउने सोचमा छन् । उनले ब्याटल ब्लाईन्ड अडिसनमा ‘जाउँ कि बसुँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 12 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*