ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १३ (भिडियो)

१२ आश्विन २०७६, आईतवार १२:१९
Featured Video Play Icon

चन्द्र घलान, १२ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको तेह्रौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये अनिश महर्जन, विमोचना लम्जेल र सुनिल लोहला श्रेष्ठका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला ।

अनिश महर्जन, सानेपा–सानैमा मामासँग गितार बजाउन सिकेका अनिशलाई अन्तत संगीतले नै आफुतिर तान्यो । बिस्तारै गाउने रहरसँगै अगाडि बढेका उनलाई साथीहरुले पनि हौसला दिए । सुरुमा सँगीतमा लागेर के गर्न सकिन्छ र भन्ने दबाब पाएका अनिशले गायनलाई निरन्तरता नै दिईरहे फलस्वरुप अहिले उनको परिवार पनि उनको साथमा छ । उनले ब्लाईन्ड अडिसनमा ‘भूल’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए ।

विमोचना लम्जेल, दार्जिलिङ–सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी विमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन काठमाडौँ आएकी विमोचनाले सँगीतमा नै जीवन डोराउने लक्ष्य राखेकी छिन् । सँगीत कक्षा सँगै औपचारिक अध्ययन समेत गरिरहेकी उनी आमाबुवाकै बाटो पछ्याउन चाहान्छिन् । उनले ब्लाईन्ड अडिसनमा ‘भैँसी लड्यो है माया’ बोलको गीत गाएकी थिईन् । उनकी आमा चर्चित गायिका डेजी बराईलीको यो गीत गाउँदा चारै जना कोच उनीतिर फर्किए । डेजीको सुरिलो आवाजमा ४४ बर्ष अगाडि रेकर्ड भएको यो गीत विमोचनाले आफ्नै आवाजमा गुञ्जाएकी थिईन् । भ्वाईसको मञ्चमा ४४ वर्ष पछि डेजी आफैले पनि यो गीत गाईन् । विमोचना कोच प्रमोदको टिममा छिन् ।

सुनिल लोहला श्रेष्ठ, भक्तपुर–भक्तपुर निवासी सुनिलले भारतबाट ईण्डियन क्लासिकल म्युजिकमा मास्टर्स गरेका छन् । सामान्य किसान परिवारमा जन्मेका उनी रागलाई कहिल्यै पनि परिवर्तन नहुने र सदाबहार संगीतका रुपमा लिन्छन् । १० वर्ष अध्ययनका लागि भारतमा बसेका सुनिलले ब्लाईन्ड अडिसनमा राग अहिर भैरव गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*