सन्तोषी, त्रिवेणी र धाप टोल विजयी

१० आश्विन २०७६, शुक्रबार २१:५८

आसिस खतिवडा, मकवानपुर, १० बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा जारी टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको आजको खेलमा सन्तोषी टोल विकास संस्था, त्रिवेणी टोल विकास संस्था र धाप टोल टिम विजयी भएको छ ।

शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल विकास संस्थाले धर्मपथ युनाईटेडलाई टाईब्रेकरमा २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको निर्धारित ४० मिनेटमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा धर्मपथ युनाईटेडका जर्सी नम्बर ९ का खेलाडी बुद्ध थिङले गोल गरेका थिए । तर जर्सी नम्बर ४ का रुपेश रेग्मीले प्रहार गरेको बल विपक्षीका गोल किपरले रोकेका थिए । विजेता सन्तोषी टोल विकास संस्था टिमका कप्तान जर्सी नम्बर ९ का निरज श्रेष्ठ र जर्सी नम्बर ७ का विमल थोकरले गोल गरेका थिए । सन्तोषीका निरज श्रेष्ठ म्यान अफ दि म्याच समेत भए । श्रेष्ठलाई वडा नम्बर ९ का वडा सदस्य सुकराम केसीले एक क्रेट अण्डा उपहार प्रदान गरेका थिए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा त्रिवेणी टोल विकास संस्था र प्रगति टोल विकास संस्था (गोलभेडे) बिच भएको खेलमा त्रिवेणी टोल विकास संस्थाले टाईब्रेकरमा १–० गोल अन्तगरले प्रगतिलाई पराजित गरेको छ । त्रिवेणीका जर्सी नम्बर ८ का खेलाडी पुष्पराज राना मगरले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच त्रिवेणीका गोल रक्षक राजु गुरुङ भए ।

त्यस्तै तोस्रो खेलमा धाप टोल विकास संस्थाले संवेदनशिल टोल विकास संस्थालाई ५–० फराकिलो गोल अन्तरले पराजित गरेको छ । धाप टोलका टर्फबाट जर्सी नम्बर ६ का खेलाडी मधुसुदन केसी, जर्सी नम्बर ७ का पुरु श्रेष्ठ, जर्सी नम्बर १० का निरज केसी र जर्सी नम्बर ९ का किरण थापा मगरले गोल गरेका थिए । खेलका म्यान अफ दि म्याच जर्सी नम्बर ९ का किरण थापा मगर भए । उनलाई टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवश खतिवडाले एक क्रेट अण्डा प्रदान गरेका थिए ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 12 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*