ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १२ (भिडियो)

१० आश्विन २०७६, शुक्रबार ०७:५१
Featured Video Play Icon

चन्द्र घलान, १० असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको बाह्रौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये बलबहादुर राजवंशी, सम्झना तामाङ र पृथ्वी खनालका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला । हेरौँ यो भिडियो–

बलबहादुर राजवंशी, झापा–झापाको राजवंशी कुलबाट आएका बलबहादुरलाई गायनमा सबै गाउँवासीको साथ छ । गाउँमा नै चिनिएका बलबहादुरले ब्लाईन्ड अडिसनमा कोच दिपकै आवाजमा रहेको ‘ उ यात्री’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच दिप र प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

सम्झना तामाङ, सिन्धुपाल्चोक, हाल कपन–घरबाट सबैको साथ पाएका सम्झना पहिलो पटक कुनै ठूलो प्रतिस्पर्धामा भाग लिँदैछिन् । विभिन्न कार्यक्रममा पनि गाउने अवसर पाएकी उनी साथीहरुको हौसलामा भ्वाईसको मञ्चमा आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिमी तारे भीर’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

पृथ्वी खनाल, नुवाकोट–आर्किटेक्चर फाईनल एयरका विद्यार्थी समेत रहेका पृथ्वी शशस्त्र प्रहरी बलमा ईन्स्पेक्टर समेत छन् । चिन्ताको साथीका रुपमा संगीतलाई लिने गरेका पृथ्वीले सानैदेखि सेना अथवा प्रहरी बन्छु भन्ने सोच राखेका थिए । उनी सन् २०१० देखि एपिएफमा छन् । उनको ब्लाईन्ड अडिसनम ‘अच्छा लेकिन लढडनको चिसोले’ बोलको गीत गाएका िथिए । उनको आवाज सुनेर कोच दिप र राजु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 5

यो पनि हेर्नुहोस्
भ्वाईस अफ नेपालले गुमाएका प्रतिभाहरु, भाग १ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*