ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग ११ (भिडियो)

१० आश्विन २०७६, शुक्रबार ०७:४४
Featured Video Play Icon

चन्द्र घलान, १० असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको एघारौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये विकास लिम्बु, आकांक्षा थापा र अमित राईका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला । हेरौँ यो भिडियो–

विकास लिम्बु, झापा, हाल काठमाडौँ–साँगितिक परिवारमा जन्मिएका विकासले सानैदेखि गीत गाउन थालेका हुन् । एक रियालिटी शोका क्रममा झापाबाट छानिएर काठमाडौँ आएका विकासलाई पछि झापा फर्कनै मन लागेन । ५ वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका विकासलाई गाएर के गरिस् भन्ने प्रश्नले सधैँ सताउँथ्यो । संघर्षकै बिच गजल साँझमा गजल गाउन थालेका विकासले राम्रो प्ले ब्याक सिंगर हुने सपना पालेका छन् । त्यही सपनालाई पुरा गर्न उनी भ्वाईसमा आएको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘मैले पूण्य मन पराएँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

आकांक्षा थापा, दार्जिलिङ–दार्जिलिङदेखि भ्वाईस अफ नेपालमा भाग लिन दार्जिलिङ देखि आएकी आकांक्षाले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । सँगीतसँगै अन्य काममा पनि सक्रिय बुवा र आमाको प्रेरणा पाएकी उनले पहिलो पटक प्रतियोगीतामा भाग लिएकी हुन् । १८ वर्षीया आकांक्षाले ब्लाईन्ड अडिसनमा ‘आज बारा हाते’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।

अमित राई, धरान, हाल कलंकी–औपचारिक रुपमा संगीत नसिकेका अमित सेल्फ प्राक्टिसकै भरमा भ्वाईसको मञ्चमा उक्लिएका प्रतिस्पर्धी हुन् । हाउस पेन्टिङको काम गरिरहेका अमितले एसएलसी पश्चात संगीतमा चासो दिएका हुन् । दाईहरुको ब्याण्डमा ड्रम बजाउँदै संगीतको दुनिया प्रवेश गरेका उनले ब्लाईन्ड अडिसनमा ‘डुब्न देउ मलाई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 6


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*