ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु, भाग १० (भिडियो)

१० आश्विन २०७६, शुक्रबार ०७:३७
Featured Video Play Icon

चन्द्र घलान, १० असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । यस भिडियो सिरिजको दशौँ भागमा हामी ब्याटलका लागि छानिएका ६४ जना प्रतिभाहरु मध्ये विनय कार्की, सृष्टि सुनार र राजिव पाठकका बारेमा चर्चा गर्दैछौँ । अन्य सहभागीहरुका बारेमा जान्न यस भिडियो सिरिजका अन्य भिडियोहरु हेर्न नभुल्नुहोला । हेरौँ यो भिडियो–

विनय कार्की, हेटौँडा, मकवानपुर–बोल्नमा केही समस्या भएता पनि सुरिलो स्वरका धनी विनय कुमार कार्कीलाई धेरैले विनय केटु भनेर पनि चिन्छन् । उनी चर्चित गायक तथा संगीतकार पनि हुन् । सिजन्स ब्याण्डका चर्चित भोकलिष्ट सुजिल कर्मचार्य लगायतका ब्याण्ड पर्फोमेन्सबाट प्रभावित भएका विनयले कुन समयबाट आफुले गीत गाउन रुचि बढाए त्यो उनी पनि भन्न सक्दैनन् । अर्थात उनी गीतसँगीतमा प्रभावित भएदेखि नै गाउने भएका हुन् । प्रमोद खरेललाई फेभरेट कोच बताउने विनय चर्चित गायककै रुपमा समेत स्थापित छन् । मकवानपुरको हेटौँडा निवासी विनयले आफ्नै आवाजमा समेत धेरै गीतहरु रेकर्ड गराईसकेका छन् । ३५ वर्षीय विनयले ब्लाईन्ड अडिसनमा सुजिलकै ‘भुमो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

सृष्टि सुनार, सिन्धुपाल्चोक हाल काठमाडौँ कपन–सृष्टिले सानै उमेरदेखि गीत गाउन थालेकी हुन् । बुवा कान्छी आमासँगै बस्न थालेपछि उनी अहिले आमासँग बस्छिन् । सानैदेखि टिभी हेर्दै गीत गाउने गरेकी सृष्टिले सबैको हेला सहेको पनि उनकी आमा बताउँछिन् । आमाको दुःखलाई नजिकबाट नियालेकी सृष्टि जन्मिएको बेलै छोरा नभएको भन्दै उनकी आमा रोएको उनी बताउँछिन् । छोरालाई मात्र महत्व दिने परिवारमा जन्मिएकी सृष्टि सानैदेखि बुवाको प्रेमबाट बञ्चित हुनुपरेको सम्झँदै आँशु खसाल्छिन् । बिगत सम्झँदा उनी भाव विह्वल हुन्छिन् । बिगतका तिता पलहरुलाई सँगीतबाटै चिर्ने सपना बोकेकी सृष्टिले ब्लाईन्ड अडिसनमा ‘यो दिल मेरो’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु लामा उनीतिर फर्किएका थिए ।

राजिव पाठक, दमक, झापा–कक्षा ५ मा छँदा नै टाईटानिकको बहुचर्चित गीत गाएर स्टेज टेकेका राविले त्यसपछि संगीतलाई नै आफ्नो लक्ष्य बनाए । त्यस समयमा विद्यालयभरी नै उनी फेमस थिए । दाजु डाक्टर र बुवा प्रोफेसर भएको परिवारमा जन्मिएका उनले संगीतलाई प्राथमिकता दिए । आफ्नो ध्यान पढाईमा कम र सँगीतमा बढी लागेको उनी बताउँछन् । सँगीतमा आमाको निकै साथ पाएका उनले बम्बईबाट समेत संगित प्रशिक्षण लिएका छन् । ब्लाईन्ड अडिसनमा ‘मस्की मस्की’ बोलको गीत गाएका उनका आवाज सुनेर कोच प्रमोद र कोच दिप फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*