भ्वाईस अफ नेपालले गुमाएका थप ४ प्रतिभाहरु

७ आश्विन २०७६, मंगलवार २०:५७

चन्द्र घलान, ७ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ ।
यस अघिका सामग्रीहरुमा हामीले भ्वाईस अफ नेपालले गुमाएका १५ जना प्रतिभामरुका बारेमा चर्चा गरिसकेका छौँ । यस सामग्रीमा हामीले ब्लाईन्ड अडिसनको अन्तिम २ एपिसोडहरुबाट भ्वाईसले गुमाएका थप ४ प्रतिभाहरुका बारेमा चर्चा गरेका छौँ ।

अरुणा शाक्य, चाबाहिल–सँगीतलाई पहिलो प्रेम बताउने अरुणाले आफ्नो नामसँग पनि चर्चित गायिका अरुणा लामाको नाम जोडिएको बताउँछिन् । बुवाको फेभरेट गायिका अरुणा लामा भएका कारण बुवाले नै उनको नाम अरुणा राखिदिएको उनी बताउँछिन् । सँगीतमा आमाबुवाको सहयोग पाएकी अरुणाले घरमा पनि साँगितिक वातावरण पाएकी छिन् । भ्वाईसको पहिलो सिजनको डिजिटल अडिसनमा छनौट नभएपछि उनले सँगीत सिकिन् र पूनः सिजन २ मा तयारीका साथ आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘अभिमान’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् तर उनले तयारीका साथ सिजन ३ मा आउने पनि तयारी गरेकी छिन् । उनले ब्लाईन्ड अडिसनमा आउन पाउनुलाई निकै ठूलो अचिभ्मेन्ट भएको बताएकी छिन् ।

नविन गजमेर, सिक्किम–सानोमा धेरै पटक राजु लामाको गीत गाउने गरेका रविनको फेभरेट कोच भने प्रमोद खरेल भएको उनी बताउँछन् । भ्वाईसमा सहभागी हुन पश्चिम सिक्किमदेखि नेपाल आएका उनी नेपाली भाषा र गीतसँगीतलाई निक्कै मन पराउँछन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँशुको अर्थ’ बोलको गीत गाएका थिए । निकै नै राम्रो गीत गाएका नविन कारणवश ब्याटलका लागि छनौट हुन सकेनन् । उनलाई बज नगरेकोमा पहिलो पटक भ्वाईस अफ नेपाल सिजन २ मा दर्शकहरुले नकरात्मक कमेन्ट गरेका छन् ।

अलिशा घिमिरे, काठमाडौँ–१८ वर्षीया अलिशालाई सँगीत क्षेत्रमा परिवारबाट खासै सहयोग छैन तर पनि उनी सँगीतलाई माया गर्छिन् । उनी ब्यागलाई निकै माया गर्छिन् । ब्यागलाई साथीको रुपमा हेर्ने उनको अनौठो बानी छ । उनले ब्लाईन्ड अडिसनमा ‘आवाज देउ मलाई’ बोलको गीत गाएकी थिईन् । कुनै पनि सँगीत कक्षा नलिएकी अलिशा ब्याटलका लागि छानिन सकिनन् ।

शितलराज पाण्डे, गोरखा–क्यारिकेचरमा पनि मन लगाएका शितलराज गोरखा निवासी हुन् । सानैदेखि सँगीतमा रुचि राखेका शितल आर्थिक अवस्थाका कारण गायनबाट ब्याक हटे । तर उनले सँगीतलाई माया मार्न सकेनन् । जोनी जिप अपरेटरका रुपमा समेत कार्यरत उनले भ्वाईस अफ नेपालको सिजन वानमा पनि जोनी जीप अपरेट गरेका थिए । उनले ब्लाईन्ड अडिसनमा ‘नाई नभन्नु ल’ बोलको गीत गाएका थिए । उनी ब्याटलका लागि छनौट हुन सकेनन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*