ब्याटलका लागि छानिएका थप १० प्रतिभाहरु

६ आश्विन २०७६, सोमबार २०:५१

चन्द्र घलान, ६ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ ।
यस अघिका सामग्रीहरुमा हामीले ब्याटलका लागि छानिएका ५४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका छौँ । यस सामग्रीमा हामीले ब्लाईन्ड अडिसनको अन्तिम २ एपिसोडहरुबाट ब्याटलका लागि छानिएका १० प्रतियोगीहरुका बारेमा चर्चा गरेका छौँ ।

सुनिल लोहला श्रेष्ठ, भक्तपुर–भक्तपुर निवासी सुनिलले भारतबाट ईण्डियन क्लासिकल म्युजिकमा मास्टर्स गरेका छन् । सामान्य किसान परिवारमा जन्मेका उनी रागलाई कहिल्यै पनि परिवर्तन नहुने र सदाबहार संगीतका रुपमा लिन्छन् । १० वर्ष अध्ययनका लागि भारतमा बसेका सुनिलले ब्लाईन्ड अडिसनमा राग अहिर भैरव गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

जमुना वान्तावा राई, खोटाङ हाल ईटहरी–सानैदेखि संगीतमा रुचि राखेकी जमुनाले एक स्थापित गायिका हुने लक्ष्य राखेकी छिन् । भ्वाईस अफ नेपालमार्फत आफुलाई सबै माझ चिनाउने आसा राखेकी जमुना परिवारका लागि पनि केही गर्न चाहान्छिन् । सानैमा हजुरआमाले जमुना र उनकी दिदीलाई हजरआमाले अध्ययनका लागि भन्दै ईटहरी पुराउनुभएको थियो । प्लस टु सकाएकी जमुना अहिले संगीत पनि सिक्दैछिन् । ब्लाईन्ट अडिसनमा उनले ‘पोखिएर घामको झुल्का’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।

सौगात राई, धरान, हाल ठमेल–ब्याण्ड चलाएर अगाडि बढेका सौगात सँगीतमा नै करियर बनाउन चाहान्छन् । भ्वाईसलाई प्रतिभा प्रष्फुटनका लागि उत्कृष्ट स्टेज र नामका लागि पनि राम्रो स्थान रहेको उनी बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिम्रो मन’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

राहुल विश्वकर्मा, नारायणघाट, चितवन–सानैदेखि गीत गाउन थालेका राहुललाई विद्यालयका शिक्षकहरुले निकै मन पराउँथे । होमवर्क गर्न बिर्सिँदा पनिस्मेन्टका रुपमा गीत गाउने जिम्मेवारी पाएका राहुललाई सँगीत क्षेत्रमा लाग्न आमाको साथ छ तर बुवाको अलि साथ छैन । फेमिली बिजनेस र सँगीतलाई सँगै लान चाहाने राहुल आफुलाई सँगीतमा स्थापित गराउने सोचमा छन् । उनले ब्याटल ब्लाईन्ड अडिसनमा ‘जाउँ कि बसुँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।

श्रृङ्खला जोशी, बझाङ–सुदुर पश्चिमको बझाङ निवासी श्रृङ्खला चर्चित एङ्करका रुपमा समेत चिनिन्छिन् । साथै उनी प्राध्यापक र भ्वाईस ओभर आर्टिस्ट समेत हुन् । उनी चर्चित देउडा गीतका गायक नन्दकृष्ण जोशीका छोरी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘राईझुमा’ गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।

अञ्जु राना मगर, चितवन–सानैदेखि गीत गाउन थालेकी अञ्जुले छोरी भएकै कारण केही समय सँगीतलाई स्थगित गरिन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी गीत गाउन अगाडि बढिन् । उनी चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले ‘नछोड्नु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छिन् ।

सुमन परियार, हेटौँडा, मकवानपुर–नेपाल आईडल जस्ता कार्यक्रमहरुमा समेत सहभागिता जनाएकी सुमन मकवानपुरको हेटौँडा निवासी हुन् । १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी सुमन आफ्नो बुवालाई सँगीतको प्रेरणाको श्रोत मान्छिन् । उनले ब्लाईन्ड अडिसनमा कोच आस्थाको ‘झुम्के बुलाकी’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच दिप फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।

एजेश पौडेल, धनकुटा, हाल ईटहरी–सानैमा ईटहरीमा आएका एजेश ब्यापार समेत गर्छन् । सँगीत र व्यापारलाई सँगसँगै अगाडि बढाएका एजेश बुवा आमाले आफुलाई स्टेजमा देख्न चाहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘म त मर्छु क्यारे’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु लामा बाहेक अन्य ३ जना कोचहरु फर्किएका थिए । उनी कोच आस्थाको टिममा छन् ।

सुरज प्रताप सिंह, सर्लाही–नृत्य सिकाउनुका साथै फिटनेस ट्रेनरका रुपमा कार्यरत सुरजलाई गीतसँगीतमा पनि सानैदेखि रुचि थियो । उनले ब्लाईन्ड अडिसनमा ‘भन्छु आज मनका कुरा’ बोलको गीत गाएका थिए । उनको गीत सुनेर कोच दिप फर्किएका थिए । चर्चित डान्सरका रुपमा समेत करियर बनाउँदै गरेका सुरजले सँगीतको कुनै क्लास लिएका छैनन् । उनी कोच दिपको टिममा छन् ।

विशाल राई, भोजपुर हाल भक्तपुर –भोजपुरमा जन्मिएका विशाल अहिले भक्तपुरमा बस्छन् । उनले परिवारबाट सँगीतमा लाग्न निकै सहयोग पाएका छन् । उनी प्ले ब्याक सिंगर पनि हुन् । सँगीतको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गर्ने दौडमा रहेका विशालले ब्लाईन्ड अडिसनमा ‘उभो उभो खासा’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 6


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*