हेटौँडा ९ मा टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता

६ आश्विन २०७६, सोमबार १५:२३

आशिष खतिवडा, मकवानपुर, ६ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा मंगलबारदेखि टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको विजया दशमी तथा दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना समेत आदानप्रदान गर्ने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिन लागिएको हो ।
मकवानपुर बेरोजगार युवा संगठन र टोल विकास संस्था वडा समन्वय समितिको संयुक्त आयोजना तथा ९ नम्बर वडाको सहयोगमा प्रतियोगिता सञ्चालन गरिन थालिएको मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगारले जानकारी दिए । प्रतियोगितामा २५ वटा टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । नक आउटका आधारमा खेलाईने प्रतियोगिताको मंगलबार दिउँसो १ बजे हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा धर्मपथ बंगलामुखी र शान्ति चोक ‘ए’ भिड्नेछन् । प्रतियोगिताको विजेताले २५ हजार नगद र उपविजेताले १५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 6

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

आँचलको घरबारमा पलको ईन्ट्री
चर्चित अनस्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो युट्युब ट्रेण्डिङमा परेको छ । पल र आँचलद्वारा अभिनित कृष्ण कार्की र बिन्दु परियारको आवाजमा रहेको ‘घरबार’ बोलको गीत ट्रेण्डिङमा परेको हो ।
‘आँप जोडी’ का रुपमा चर्चा कमाउन सफल पल र आँचलको अनस्क्रीन रोमान्सलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनीहरु दुबैलाई वास्तविक जीवनमा समेत एक भएको हेर्न चाहाने फ्यानको जमात निकै नै ठूलो छ । उनीहरुको अभिनय रहेको पछिल्लो गीत ‘घरबार’ मा समेत उनीहरुको जोडीको अभिनयलाई दर्शकले निकै मन पराएका छन् । उक्त गीतको म्यूजिक भिडियोमा धेरै दर्शकहरुले म्यूजिक भिडियोमा मात्र नभई पल र आँचललाई रियल लाईफमा पनि एक हुनुपर्ने भन्दै कमेन्ट समेत गरेका छन् । गीतमा घर ज्वाँईको प्रसंग भएकोले पललाई घर ज्वाँई बसे पनि नबसे पनि बिहे भने आँचलसँगै गर्नुहोस् भन्दै धेरै फ्यानहरुले कमेन्ट गरेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*