राष्ट्रिय मावि भिमफेदीमा पि.एल.ए शिक्षा

५ आश्विन २०७६, आईतवार १७:१५

मकवानपुर, ५ असोज । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल (कार्प नेपाल) हेटौँडा शाखाले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पि.एल.ए. (प्योर लभ नेपाल) कार्यक्रम आयोजना गरेको छ । युुवावर्गमा वर्तमान समयमा आईरहेको विचलनमा सुधार ल्याउने उद्देश्यसहित ‘प्योर लभ नेपाल’ अभियानलाई विभिन्न क्षेत्रमा पुराउने क्रममा मकवानपुरको भिमफेदीमा कार्यक्रम गरिएको हो ।

आईतबार संघले विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई परामर्श सहित प्रशिक्षण कार्यक्रम गरेको हो । संघका सदस्यहरु चन्द्रबहादुर सुनार, जीवन घलान, चुमान परियार, निरज पुलामी, सपना घलान, अनिशा थिङ र कुमारी थिङ सहितको टिमले प्रशिक्षण दिएको हो । कार्यक्रममा युवाहरुमा आउने विभिन्न विचलनका समस्या र त्यसलाई रोक्ने उपायहरुको चर्चा गरिएको संघको हेटौँडा शाखाले जनाएको छ । लागुऔषध दुव्र्यसनी, यौन दुराचार तथा अनैतिक क्रियाकलापको विरुद्धमा संघका सदस्यहरुले साँचो माया, पवित्रता र नैतिकता सम्बन्धि प्रशिक्षण दिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

‘नैतिकता र पवित्रता मानव शक्ति र व्यक्तित्व हो । अनैतिक कार्यले मानिसको अन्तस्करणको शक्तिलाई ह्रास गर्ने मात्र होइन सवल र आदर्श परिवार, समाज र राष्ट्र निर्माणको लक्ष्यलाई नै रोकिदिन्छ । अनैतिकताले परिवार विखण्डन, सामाजिक अपराध बढिरहेको मात्र होइन सामाजिक उन्नयन र आर्थिक समृद्धिको ढोका पनि बन्द गरिदिन्छ भन्ने तथ्यलाई प्रशिक्षणमा जोड दिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताएको संघका प्रशिक्षक सुनारले बताए । कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।


यो पनि हेर्नुहोस्

सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*