सुनिल र अञ्जु, जसले चारै जना कोच फर्काए

५ आश्विन २०७६, आईतवार १४:०८

चन्द्र घलान, ५ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ । यस सामाग्रीमा हामी पछिल्लो पटक चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल सुनिल लोहला श्रेष्ठ र अञ्जु राना मगरको बारेमा चर्चा गर्दैछौँ ।


सुनिल लोहला श्रेष्ठ, भक्तपुर–भक्तपुर निवासी सुनिलले भारतबाट ईण्डियन क्लासिकल म्युजिकमा मास्टर्स गरेका छन् । सामान्य किसान परिवारमा जन्मेका उनी रागलाई कहिल्यै पनि परिवर्तन नहुने र सदाबहार संगीतका रुपमा लिन्छन् । १० वर्ष अध्ययनका लागि भारतमा बसेका सुनिलले ब्लाईन्ड अडिसनमा राग अहिर भैरव गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

अञ्जु राना मगर, चितवन–सानैदेखि गीत गाउन थालेकी अञ्जुले छोरी भएकै कारण केही समय सँगीतलाई स्थगित गरिन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी गीत गाउन अगाडि बढिन् । उनी चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले ‘नछोड्नु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छिन् ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 5

भ्वाईस अफ नेपालले गुमाएका प्रतिभाहरु, भाग १ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*