कार्प सम्वद्ध युवा विद्यार्थीहरुद्वारा हेटौँडामा शैक्षिक सामाग्री सहयोग

५ आश्विन २०७६, आईतवार ०८:४७

मकवानपुर, ५ असोज । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल हेटौँडा शाखा (कार्प हेटौँडा) मा आवद्ध युवा विद्यार्थीहरुले १८ जना दृष्टिविहीन बालबालिकाहरुलाई शनिबार हेटौँडामा शैक्षिक सामाग्री सहयोग गरेका छन् । संघका युवा विद्यार्थीहरुको सहयोगमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित बालज्योति माध्यमिक विद्यालयका दृष्टिविहिन बालबालिकाहरुलाई विद्यालयमै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

संघका सदस्य चन्द्रबहादुर सुनारको संयोजकत्वमा भएको सहयोग कार्यक्रममा शैक्षिक सामाग्रीका साथै प्राथमिक उपचार बक्स, जुस, सेनेटरी प्याड लगाएतका सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका अतिथि एवम् नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सल्लाहकार गिरिजा अधिकारी तथा कार्यक्रम संयोजक सुनारले विद्यालयका प्रधानाध्यापक भरत अर्याललाई सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्यालले सहयोगी युवाहरु र संघप्रति आभार व्यक्त गरेका छन् । सहयोग र सेवा कार्यमा युवा विद्यार्थीहरु नै अग्रसर भएको प्रति खुशी व्यक्त गर्दै उनले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अध्ययन सञ्चालनका लागि अन्य सहयोगी हातहरुको पनि आफुले अपेक्षा गरेको बताए ।

त्यस्तै कार्यक्रमका अतिथि एवं नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सल्लाहकार अधिकारीले संघले बालबालिकाको अध्ययनको लागि महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा गरे । दृष्टिविहिन बालबालिकाको सहयोगको लागि आफुले पनि सहयोग जुटाउन प्रयास गर्नेमा उनले प्रतिवद्धत्ता जाहेर गरे । कार्यक्रमका संयोजक सुनारले संघले युवा विचलनमा सुधार ल्याउने कार्यक्रमहरु, नेतृत्व विकासका कार्यक्रमहरु, सार्वजनिक सरसफाई लगाएतका सामाजिक हितका कामहरु विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यमा लागिरहने बताए ।

संघले युवा लक्षित ३ दिने तथा ५ दिने सेमिनारका साथै युवाहरुमा आउने नैतिक विचलनलाई न्यूनिकरण गर्ने विभिन्न कार्यक्रमहरु समेत गर्दै आईरहेको छ । संघले ‘प्योर लभ नेपाल’ नामक अभियान पनि संचालन गरिरहेको छ । कार्यक्रममा तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनी, संघका सदस्य राजु घलान, एक्का बहादुर घिसिङ, सुनिता लामा लगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 5


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*