सानोपोखराको जिग्तेन शिवा छेथार्लिङ गुम्बामा ४ दिन विश्व शान्ति तथा फुर्वा पूजा हुने

२ आश्विन २०७६, बिहीबार २२:०३

मकवानपुर, २ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरास्थित बेलडाँडामा रहेको जिग्तेन शिवा छेर्थािलङ बौद्ध गुम्बामा पहिलो पटक ४ दिने विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । गुम्बामा यही असोज १४ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको हो ।

गुम्बा परिसरमा बिहीबार भएको पत्रकार सम्मेलनमा विश्व शान्ति एवम् फुर्वा पूजाको बारेमा जानकारी गराईएको थियो । गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक डोल्मा स्याङ्बोले पत्रकार सम्मेलनमा बोल्नुहुँदै ‘पुण्य भुमि नेपालमा दिन प्रतिदिन बढ्दै गईरहेको हत्या, हिंसा, अशान्तिले पिरोलिरहेको सम्पूर्ण प्राणीहरुको उद्वरको निम्ति शान्तिको कामना गर्दै विश्वशान्ति तथा फुर्वा पूजा पाठ गर्न लागेको बताउनुभयो । भारतको देहरादुनबाट आउनु हुने धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा हुने पुजामा १२ जना लामाहरु सहितको टोली र सोही गुम्बाका लामा आनीहरुले विश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तिको लागि दैनिक पूजापाठ, प्रवचन र वाङ अभिषेक गर्नु हुने अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

असोज १४ गते साँझसम्म धर्म गुरु लगायत लामाको टोली गुम्बामा आगमन हुने र असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्वा पुजाको उद्घाटन गरिने कार्यक्रम रहेको छ । त्यस्तै असोज १६ र १७ गते दुई दिन फुर्वा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रवचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिका संयोजक रमेश थिङ तामाङले बताउनुभयो । पूजा सम्पन्न गर्न गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन समेत गरिएको छ ।

यो पनि हेर्नुहोस्
जनमुक्ति सेनाका बारेमा बोले सांसद ओमबहादुर घलान (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे बुद्ध थिङ र चर्चित मोडल आशा खड्का नयाँ म्यूजिक भिडियोमा

चर्चित मोडल आशा खड्का र मकवानपुरे युवा मोडल बुद्ध थिङ म्यूजिक भिडियोमा सँगै देखिएका छन् । मकवानपुरकै गायक बुद्ध मोक्तानको ‘छोडी गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा आशा र बुद्ध संगै देखिएका हुन् । चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेको बताइएको छ । सुटिङ सकेर केही दिनमा नै सार्वजनिक गर्न थालिएको गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् ।

गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । आफुले पहिलो पटक अभिनय गरेको बताउँदै कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको भन्दै अभिनय गरेको बताए । ‘गीतका शब्दहरु मेरै जीवनमा समेत मेल खाने रहेछ, अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव गरेँ, उनले भने । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*