जनजागृति मावि रातोमाटेमा पि.एल.ए शिक्षा

२ आश्विन २०७६, बिहीबार २१:३९

मकवानपुर, २ असोज । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल (कार्प नेपाल) हेटौँडा शाखाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा पि.एल.ए. (प्योर लभ नेपाल) कार्यक्रम आयोजना गरेको छ । युुवावर्गमा वर्तमान समयमा आईरहेको विचलनमा सुधार ल्याउने उद्देश्यसहित ‘प्योर लभ नेपाल’ अभियानलाई विभिन्न क्षेत्रमा पुराउने क्रममा मकवानपुरको रातोमाटेमा कार्यक्रम गरिएको हो ।

संघले बिहीबार विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई परामर्श सहित प्रशिक्षण कार्यक्रम गरेको हो । संघका सदस्यहरु चन्द्रबहादुर सुनार र जीवन घलान सहितको टिमले प्रशिक्षण दिएको हो । कार्यक्रममा युवाहरुमा आउने विभिन्न विचलनका समस्या र त्यसलाई रोक्ने उपायहरुको चर्चा गरिएको संघको हेटौँडा शाखाले जनाएको छ । ‘नैतिकता र पवित्रता मानव शक्ति र व्यक्तित्व हो । अनैतिक कार्यले मानिसको अन्तस्करणको शक्तिलाई ह्रास गर्ने मात्र होइन सवल र आदर्श परिवार, समाज र राष्ट्र निर्माणको लक्ष्यलाई नै रोकिदिन्छ । अनैतिकताले परिवार विखण्डन, सामाजिक अपराध बढिरहेको मात्र होइन सामाजिक उन्नयन र आर्थिक समृद्धिको ढोका पनि बन्द गरिदिन्छ भन्ने तथ्यलाई प्रशिक्षणमा जोड दिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताएको संघका प्रशिक्षक सुनारले बताए । कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 5

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नायिका आँचल शर्माको पक्षमा नायक पल शाह (भिडियो)

नेपाली सिने क्षेत्रमा ‘आँप’ जोडीका रुपमा परिचित चर्चित नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई मन पराउने दर्शकहरु निकै नै छन् । यी दुईको अन स्क्रिन जोडीलाई वास्तविक जीवनमै एक भएको हेर्न चाहाने फ्यानहरु पनि प्रशस्तै छन् । पल र आँचललाई एक भएको हेर्न चाहाने दर्शकले यी दुईको चलचित्रलाई समेत मन पराउने गरेका छन् । आँचल र पलको प्रेम र विवाहसम्मको कुरा सोच्ने दर्शकहरुले केही समय यता एकै चलचित्रमा यो जोडीको अभिनय हेर्न पाएका थिएनन् । चलचित्रमा यो जोडीको प्रेम जति देखिन्छ वास्तविक जीवनमा पनि एकअर्कालाई मित्रताको रुपमा उत्तिकै प्रेम गर्छन् भन्ने कुरालाई पछिल्लो घटनाले उजागर गरिदिएको छ । आँचल शर्मा अभिनित पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक समारोहमा आँचललाई एक पत्रकारले अन्तरवार्ताका लागि समय नदिएको भन्दै आक्रोश पोखेका थिए । त्यसको जवाफमा दुःखी हुँदै नायिका आँचल शर्माले सार्वजनिक समारोहमै माफी समेत मागेकी थिईन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*