मकवानपुरकी सन्ध्यालाई भोट गरेर उत्कृष्ट ६ मा पुराऔँ (भिडियो)

२ आश्विन २०७६, बिहीबार १६:१०
Featured Video Play Icon

मकवानपुर, ०२ असोज । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ७ मा छनौट भएकी छिन् । भदौ २९ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ७ मा पर्न सफल भएकी हुन् । शनिबार उनले बुढेसकालमा हुने रोमाञ्चक अनूभूतिका बारेमा नृत्य प्रस्तुत गरेकी थिईन् ।

शनिबारको एपिसोडमा छमछमी सिजन २ र ३ का प्रतियोगीहरुले पनि सहयोगीका रुपमा प्रस्तुति दिएका थिए । शनिबारको प्रस्तुतिबाट थमन टाडी बाहिरिएपछि उत्कृष्ट ७ छनौट भएका हुन् । उत्कृष्ट ७ मा पुष्प क्षेत्री, आकाश विक, दिलमाया लिम्बु, सपना धाई थापा, सुदन खड्का, सन्ध्या आचार्य र नेशन सुस्लिङ मगर रहेका छन् । हेरौँ भिडियो–

सन्ध्या सहित उत्कृष्ट ७ मा परेका प्रतियोगीहरुलई शनिबारदेखि बिहीबार बिहान १० बजेसम्म भोट गर्न सकिन्छ । उदाहरणका लागि सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । साथै नेपाल टेलिभिजनको मोबाईल एपबाट पनि भोट गर्न सकिन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘छमछमी’मा सन्ध्या मकवानपुरबाट एक मात्र दाबेदार हुन् । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ७ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 9 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*