भ्वाईस अफ नेपालले गुमाएका थप ३ प्रतिभाहरु

३१ भाद्र २०७६, मंगलवार १५:५५

चन्द्र घलान, मकवानपुर, ३१ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यो अडिसनको १० औँ भाग प्रसारण भईसक्दा अब ब्लाईन्ड अडिसनका केबल २ एपिसोडहरुमात्र बाँकी छन् । १० औँ एपिसोड प्रसारण भईसक्दा ५४ जना सहभागीहरु ब्याटलका लागि छानिसकिएका छन् भने ५४ मध्ये १९ जनाले चारै जना कोचहरु दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आश्था राउतलाई आफुतिर फर्काउन सफल भएका छन् । साथै १५ जना सहभागीहरु ब्लाईन्ड अडिसनबाट बाहिरिएका छन् । यस अगाडिका सामग्रीहरुमा हामीले भ्वाईस अफ नेपालले गुमाएका १२ जना प्रतिभाहरुका बारेमा चर्चा गरिसकेका छौँ । यस सामग्रीमा हामी गत शुक्रबार र शनिबारको एपिसोडबाट बाहिरिएका थप ३ प्रतिभाहरुका बारेमा चर्चा गर्दैछौँ ।

विदिशा शाक्य, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमानसँगै सहभागी हुन आएकी विदिशा सँगीतमै आफ्नो करियर बनाउन चाहान्छिन् । परिवारबाट सहयोग पाएकी विदिशाका श्रीमान पनि अडिसनमा सहभागी भएका थिए । विदिशाले ब्लाईन्ड अडिसनमा ‘तिम्रो नै माया’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटल राउण्डका लागि छनौट हुन सकिनन् तर उनको गायिकीको निकै प्रशंसा भयो ।

युश्के केसी, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमतीसँगै सहभागी हुन आएका युश्के सँगीतमै आफ्नो करियर बनाउन चाहान्छन् । परिवारबाट सहयोग पाएका उनकी श्रीमती विदिशाले पनि ब्लाईन्ड अडिसनमा सहभागिता जनाएकी थिईन् । तर विदिशा ब्याटलका लागि छनौट हुन सकिनन् । युश्केले ब्लाईन्ड अडिसनमा ‘यो नानीको शिरैमा’ बोलको गीत गाएका थिए । उनी ब्याटलका लागि छनौट हुन सकेनन् ।

सुनिता बिसी, धादिङ–बिए थर्ड एयरमा अध्ययनरत सुनितालाई गाउन निकै मनपर्छ । कुनै ठूलो कार्यक्रममा गएर गीत गाउने मौका खोजिरहेकी सुनिताले भ्वाईसको मञ्चलाई निकै महत्वपूर्ण स्थान दिएकी छिन् । चाईल्ड केयरको काम गरिरहेकी सुनिताले ब्लाईन्ड अडिसनमा ‘बोल बोल’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् ।

यो पनि हेर्नुहोस्
भ्वाईस अफ नेपालले गुमाएका प्रतिभाहरु, भाग १ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*