
धर्मपथ टोल विकास संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

आशिष खतिवडा, मकवानपुर, २९ भदौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित धर्मपथ टोल विकास संस्थाको ८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले वडाको विकास र वडावासीको हितमा काम गर्न टोल विकास संस्थाको सहयोग र सहकार्य आवश्यक पर्ने र वडाभित्र भएका विकृतिको समाधान गर्न टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सभामा संस्थाका अध्यक्ष प्रकाश पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजु रंजन सिंहले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भैरव कुमाल, गणेश हनुमान टोल विकास संस्थाका अध्यक्ष रमिला सापकोटा, नारायणी बहुउद्देशीय सहकारी संस्थाका सचिव नारायण खतिवडा, टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष यदुवश खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 9 (भिडियो)
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
नायिका आँचल शर्माको पक्षमा नायक पल शाह (भिडियो)
नेपाली सिने क्षेत्रमा ‘आँप’ जोडीका रुपमा परिचित चर्चित नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई मन पराउने दर्शकहरु निकै नै छन् । यी दुईको अन स्क्रिन जोडीलाई वास्तविक जीवनमै एक भएको हेर्न चाहाने फ्यानहरु पनि प्रशस्तै छन् । पल र आँचललाई एक भएको हेर्न चाहाने दर्शकले यी दुईको चलचित्रलाई समेत मन पराउने गरेका छन् ।
आँचल र पलको प्रेम र विवाहसम्मको कुरा सोच्ने दर्शकहरुले केही समय यता एकै चलचित्रमा यो जोडीको अभिनय हेर्न पाएका थिएनन् । चलचित्रमा यो जोडीको प्रेम जति देखिन्छ वास्तविक जीवनमा पनि एकअर्कालाई मित्रताको रुपमा उत्तिकै प्रेम गर्छन् भन्ने कुरालाई पछिल्लो घटनाले उजागर गरिदिएको छ । आँचल शर्मा अभिनित पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक समारोहमा आँचललाई एक पत्रकारले अन्तरवार्ताका लागि समय नदिएको भन्दै आक्रोश पोखेका थिए । त्यसको जवाफमा दुःखी हुँदै नायिका आँचल शर्माले सार्वजनिक समारोहमै माफी समेत मागेकी थिईन् । हेर्नुहोस् भिडियो–