तामाङ गीत ‘कोशिङ रोरो’ को म्युजिक भिडियो सार्वजनिक

२९ भाद्र २०७६, आईतवार २०:२५

मकवानपुर, २९ भदौ । चर्चित मोडल पूर्णिमा लामा थोकर अभिनित तामाङ गीत ‘कोशिङ रोरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दामिज नुवाकोटको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक आर.बी. वाङ्देनको आवाज र मीना लामाको शब्द तथा संगीत रहेको गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा पूर्णिमा सहित फैसिङ तामाङ, पूर्ण तामाङ र रञ्जीता स्याङ्तान सहित फस्ट स्टेप डान्स ईन्ष्टीच्युटका डान्सरहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । शरण लामाको छायाँकन, निर्दशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई सन्तबहादुर तामाङ, पूर्ण तामाङ, सुशिला घले र राहुल कपेरले कोरियोग्राफ गरेका हुन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 9 (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाका युवाहरु ‘झुम्के बुलाकी’ किनेर मायालु फकाउँदै (भिडियो सहित)

मकवानपुरमा पछिल्लो समय चर्चामा रहन सफल डान्स ग्रुप ‘द हेटौँडा क्रियु’ को डान्स कभर भिडियो ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । मायालु इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत भिडियो रिलिज गरिएको हो । कलाकार दिलिप लामासहितको हेटौँडाका युवाहरुले म्यूजिक भिडियोमा आफ्नो मायालुलाई फकाएको दृश्यहरुलाई निकै कलात्मक तरिकाले स्क्रिनमा देखाईको छ । सिर्जु अधिकारी र अमृत खातीको आवाजमा रहेको उक्त गितको भिडियो द हेटौँडा क्रियुले तयार पारेको हो । भिडियोमा क्रियुका विष्णु, अमित,दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाको नृत्यलाई हेर्न सकिन्छ । गीतमा बिसम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको छ । विष्णु ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठले खिचेका हुन् । हेटौँडाका रमणिय पर्यटकीयस्थलहरुमा म्यूजिक भिडियो छायाँकन गरिएको छ ।

कुसुम तामाङले जितिन् मिस तामाङ पोखरा २०१९ को ताज

मिस तामाङ पोखरा २०१९ को ताज कुसुम तामाङले जितेकी छिन् । बिरौटा निवासी कुसुमले फाईनल राउण्डका निर्णायक तथा कलाकार एवम् पाईलट विजय लामाको प्रश्नको उत्कृष्ट जवाफ दिँदै ताज जितेकी हुन् । कुसुमलाई नेपालको राष्ट्रिय गानको ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ अंशको अर्थ सोधिएको थियो । उनको जवाफलाई निर्णायकले उत्कृष्ट ठहराएपछि उनले ताज पहिरिन सफल भएकी हुन् । उनलाई मिस तामाङ पोखरा २०१८ की बिजेता कविता बोम्जनले ताज पहिराएकी थिईन् । ताजसँगै उनले बेस्ट पर्सानिलिटी टाईटल पनि जितेकी छिन् । उनले नगद ५० हजारसँगै, ताज, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेकी छिन् । कुसुमलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि मिल्नेछ ।

प्रतियोगितामा नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भएकी छिन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । साथै रामेछापकी सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् । उनले नगद २० हजार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड समेत जितेकी छिन् । उनले नगद १५ समेत प्राप्त गरेकी छिन् । प्रतियोगितामा बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौ बसोबास गर्ने मकवानपुरकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाण्डौकी रिता लोप्चन बेस्ट स्माइल, पोखरा लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज र सृजनाचोककी आशा तामाङ बेस्ट हेयर टाईटल जित्न सफल भएका थिए । प्रतियोगितामा १४ जना प्रतियोगीहरु सहभागीहरु थिए ।

बैदाम तामाङ समाज पोखराको आयोजनामा भएको प्रतियोगितामा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयकी सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालकी संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए । सन् २०१६ बाट सुरु भएको प्रतियोगितामा सन् २०१६ को संस्करण निमा लामा, सन् २०१७ मा दिप्ती गोम्जा र सन् २०१८ मा कविता बोम्जनले ताज पहिरिन सफल भएकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*