ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु भाग ९ (भिडियो)

२९ भाद्र २०७६, आईतवार १८:२४
Featured Video Play Icon

मकवानपुर, २९ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यस भिडियो सेरिजको आठौँ भागसम्म ब्याटल राउण्डका लागि छानिएकाहरुमध्ये ४० जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकिएको छ । यदि तपाईले उक्त भिडियोहरु हेर्नुभएको छैन भने यस भिडियोको डिस्क्रीप्सनमा लिंक राखिएको छ । भिडियोको यो नवौँ भागमा ब्याटल राउण्डका लागि छानिएका थप ३ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–

श्रवण कुमार अधिकारी, पोखरा, हाल काठमाडौँ –ललितकला क्याम्पसबाट औपचारिक रुपमा संगीत सिकेका श्रवण रक गीत गाउन रुचाउँछन् । जीवनका दौडको दौडान कयौँ पटक हरेश खाएका श्रवण धेरै पटक परिवारको साथ सम्झेर जुर्मुराएर उठेका छन् । उनले ब्लाईन्ड अडिसनमा ‘सम्झिने मुटु’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र दिप फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

कविराज हुमागाई, हेटौँडा मकवानपुर–लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत कविराज हुमागाईँ मकवानपुरको चर्चित नाम हो । रेडियो थाहा सञ्चारमा कार्यरत उनी सुमधुर स्वरका धनी पनि छन् । विभिन्न साँगितिक कार्यक्रममा प्रस्तुति दिँदै आएका कविराजले आफ्नै आवाजमा पनि केही गीत रेकर्ड गराएका छन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँधीले रोक्नुपर्ने भो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद बाहेक अन्य सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

रीता राई, संखुवासभा–जन्मिएको ४ वर्षदेखि आँखा नदेखे पनि रीताले जीवनलाई सँगीतले उज्यालो बनाएकी छिन् । सानैदेखि गीत गुनगुनाउने रीताले ब्लाईन्ड अडिसनमा कम्मरमाथि पटुकी बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था उनीतर्फ फर्किएकी थिईन् ।
आदरणीय दर्शकबिन्द, तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज सबैभन्दा राम्रो लाग्छ ? तपाईको विचारमा को फाईनलसम्म पुग्न सक्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको अर्को भाग पनि हेर्न नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 8 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*