ब्याटल राउण्डका लागि छानिएका प्रतिभाहरु भाग ८ (भिडियो)

२८ भाद्र २०७६, शनिबार १०:५२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २८ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यस भिडियो सेरिजको सातौँ भागसम्म ब्याटल राउण्डका लागि छानिएकाहरुमध्ये ३५ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकिएको छ । यदि तपाईले उक्त भिडियोहरु हेर्नुभएको छैन भने यस भिडियोको डिस्क्रीप्सनमा लिंक राखिएको छ । भिडियोको यो आठौँ भागमा ब्याटल राउण्डका लागि छानिएका थप ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–

सौगात न्यौपाने, नेपालगञ्ज, बाँके, हाल किर्तिपुर –सानैदेखि मामाघरमा हुर्किएका सौगात आमा र मामालाई निकै महत्व दिन्छन् । सानै उमेरमा बुवा गुमाएका उनले मामाघर नजिकै भएको मेडिकलमा बस्नुहुने गुरुसँग उनले संगित सिकेका हुन् । उनी जीवनको पहिलो गुरुलाई पनि मामा भनेर नै सम्बोधन गर्छन् । समीरका नामले समेत चिनिने १९ वर्षीय सौगातले ब्लाईन्ड अडिसनमा राजु लामाको ‘पर्खाईमा बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

विजय राई, ईलाम, हाल काठमाडौँ –अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

कुमा सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमा सागरले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि भोग्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।

सशिका सुनार राई, मकवानपुर, हाल बालुवाटार –कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरिन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै अहिले संगीतको रेसमा नै सामेल हुने निर्णय गरेकी छिन् । ब्लाईन्ड अडिसनमा ‘माया पिरती’ बोलको गीत गाएकी सशिकाको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छिन् ।

राजिव सोनार, आसाम –सानैदेखि दाईको गीत सुनेर हुर्किएका उनलाई दाईको गीतले नै संगीतमा लाग्ने प्रेरणा मिल्यो । परिवार र गुरुहरुबाट थप हौसला पाएका राजिवले ब्लाईन्ड अडिसनमा ‘खै जालमा पारेर गई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए । आदरणीय दर्शकबिन्द, तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज सबैभन्दा राम्रो लाग्छ ? तपाईको विचारमा को फाईनलसम्म पुग्न सक्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको अर्को भाग पनि हेर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 7 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*