भ्वाईस अफ नेपालकी सुन्दरी गायिका (फोटो फिचर)

२७ भाद्र २०७६, शुक्रबार २०:४१

मकवानपुर, २७ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यो सामग्री तयार पार्दाको समयमा यस सिजनको ब्लाईन्ड अडिसन अन्तर्गत ८ वटा एपिसोडहरु प्रसारण भईसकेका छन् भने आज शुक्रबार र भोलि गरी थप दुई वटा अडिसन प्रसारणको नजिक छ । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । अहिलेसम्म ४३ जना सहभागीहरु ब्याटल राउण्डका लागि छानिएका छन् भने १२ जनाको यात्रा ब्लाईन्ड अडिसनबाटै सकिएको छ । ४३ जनामध्ये १६ जना प्रतियोगीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् ।

ब्याटल राउण्डका लागि छानिएकाहरु सबै आवाजमा एकसेएक छन् । अनि आवाजसँगै सुन्दर लुक्सका कारण पनि केही प्रतियोगीहरु चर्चामा छन् । यस्तै चर्चामा रहन सफल प्रतिभा हुन् सविना राई । शोलुखुम्बुवासी सविना अहिले काठमाडौँमा बसोबास गर्छिन् । बुवाबाट प्रभावित भएर संगीत क्षेत्रमा प्रवेश गरेकी सविनाले व्यवसायसँगै संगितलाई निरन्तरता दिँदै छिन् । २६ वर्षीया सविनाले ब्लाईन्ड अडिसनमा कोच आश्थाकै आवाजमा रहेको चौबन्दीमा पटुकी बोलको गीत गाएकी थिईन् । उनको आवाजमा कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थासँगै ब्याटलका लागि तयारी गर्दैछिन् ।

आवाजसँगै सुन्दर फिगर र लुक्सका कारण पनि उनी थप चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । यहाँ हामीले उनै सुन्दरी गायिका सविनाका १० सुन्दर तस्बिरहरु प्रस्तुत गरेका छौँ । हेरौँ उनका तस्बिरहरु–

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 4

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई १९ हजारभन्दा बढी पटक हेरिएको छ ।
नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*