हेटौँडा मोर्डनद्वारा खतिवडाको विदाई

२७ भाद्र २०७६, शुक्रबार २०:१४

आशिष खतिवडा, २७ भदौ । हेटौँडा मोर्डन ईङ्ग्लीस माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कृष्ण खतिवडाको विदाई गरेको छ । विद्यालयका कार्यवाहक अध्यक्ष नारायण प्रसाद खतिवडाले खादा र टिका लगाउँदै खतिवडालाई यात्राको सफलताको शुभकामना दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सुवेदी, सहायक प्रधानाध्यापक शिर्मला नेपाल तथा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुले अध्यक्ष खतिवडालाई बिदाई गरेका थिए । अध्यक्ष खतिवडा ६ महिने वैदेशिक भ्रमणका लागि क्यानडा प्रस्थान गर्दैछन् । उनले यसअघि नै विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्षको जिम्मेवारी नारायणप्रसाद खतिवडालाई हस्तान्तरण गरिसकेका थिए ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 4

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् । धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*