ज्यानमारा परेवा भीर र चट्याङको त्रासबारे बोले सांसद ओमबहादुर घलान (भिडियो)

२७ भाद्र २०७६, शुक्रबार १६:४०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २७ भदौ । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले मकवानपुरको मनहरी अन्तर्गत पर्ने परेवा भीरको त्रास र चट्याङले पारेको पिडाका बारेमा संसदमा सवाल उठाएका छन् । मकवानपुरको ग्रामिण क्षेत्रमा चट्याङ परेर थुप्रैको ज्यान गएको र गम्भीर घाईते भएका घटनाहरुबारे बोल्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । सरकारले ग्रामिण क्षेत्रमा परिरहेको चट्याङका बारेमा खोजी गर्नुपर्नेमा उनले जोड दिए ।

मकवानपुरमा चट्याङको विषयलाई लिएर हल्ला चलेको एक विषयमा उनले भने–‘हामीसँग कुनै तथ्य छैन, तर सुनिएको छ, औद्योगिक क्षेत्रमा पर्ने चट्याङलाई अर्थिङमार्फत त्यसको विकिरणलाई ग्रामिण क्षेत्रमा फालिएको भन्ने सुनिएको छ, त्यसको तथ्य के हो ?’ यस हल्लाका विषयमा सत्यतथ्य खोजिनुपर्ने भन्दै उनले यसको जवाफ दिन सरकारसँग माग गरे । ‘यहाँ उद्योग चलिरहने, उता मान्छे मरिरहने ?’ उनले प्रश्न गरे ।

त्यस्तै मनहरी अन्तर्गत पर्ने धेरै जनाको ज्यान लिएको परेवा भीरका बारेमा समेत उनले विषय उठान गरे । शान्तिको प्रतिक बस्ने परेवा भीर अहिले बाघ भीर जस्तो भएको र हेर्दैमा डर लाग्ने अवस्था भएको बताए । आफु स्थलगत भ्रमणमा गएका बेलामा उक्त भीरमा गएका मध्ये ७० प्रतिशत व्यक्तिहरुले भीरको बाटो पार गर्न नसकेको बताए । भीर पार गर्ने ३० प्रतिशत भ्रमणकर्ताले पनि ज्यान जोखिममा राखेर भीर पार गरेको उनले बताए । मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका मानिसहरु ओहोरदोहोर गर्नुपर्ने बाटोका रुपमा रहेको परेवा भीरको बाटोमा मोटर हिँड्न सक्ने बनाउन नसकिए पनि कमसेकम मानिस हिँड्ने बाटो बनाउनुपर्नेमा उनले जोड दिए । साथै मनहरी अन्तर्गत महेन्द्र राजमार्ग छेउमा गरिएको बस्ती स्थान्तरणका बेला मुआब्जा दिन बाँकी रहेकालाई समेत मुआब्जा दिनुपर्नेमा उनले जोड दिए । हेरौँ थप कुरा भिडियोमा–

यो पनि हेर्नुहोस्
जनमुक्ति सेनाका बारेमा बोले सांसद ओमबहादुर घलान (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*