विद्या तिवारी र समिर आचार्यलाई म्युजिक अवार्ड

२६ भाद्र २०७६, बिहीबार २१:२४

मकवानपुर, २६ भदौ । चर्चित मकवानपुरे गायिका विद्या तिवारी र गायक समिर आचार्यलाई ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’ प्रदान गरिएको छ । उनीहरुलाई चर्चित गीत ‘घाममा सुकाईदेऊ’ बाट सर्वोत्कृष्ट युगल गायन सुगम संगीत विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेसँगै गायिका विद्या तिवारीले आफ्ना सहकर्मी र टिमलाई सम्झँदै अझै राम्रा गीतहरु श्रोतामाझ ल्याउने बताएकी छिन् । मकवानपुरको हेटौँडामा जन्मिएर गायन क्षेत्रमा चर्चा कमाईरहेकी गायिका विद्या र समिरको यो गीत युट्युब ट्रेण्डिङमा समेत पर्न सफल भएको थियो । गीतमा चर्चित नायिका आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको छ । गीतमा समिर आचार्यकै शब्द र संगीत रहेको छ । टेकेन्द्र शाहको निर्देशन रहेको म्यूजिक भिडियोमा राजिव समरको कोरियाग्राफी रहेको छ ।

नेपाल आईडल सिजन १ र द भ्वाईस अफ नेपालमा सहभागिता जनाएसँगै चर्चित बनेकी विद्याका अन्य गीतहरु समेत चर्चामा छन् । यस अघि ‘पिच रोड’ गीतबाट समेत उनले प्रशंसा बटुलेकी थिईन् ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)

तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*