
दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए, भाग–४ (भिडियो)

चन्द्र घलान, मकवानपुर, २६ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यस भिडियो सामग्रीको तेस्रो भागसम्म तपाईँले चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भएका प्रतियोगीहरुमध्ये १३ जना प्रतियोगीहरुका बारेमा हेरिसक्नु भएको छ । यदि तपाईले भिडियो हेर्न छुटाउनु भएको भए डिस्क्रीप्सनमा लिंक राखिएको छ । भिडियोको यो चौथो भागमा हामी चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल थप ३ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–
आरिफ रौफ,नयाँ बानेश्वर, काठमाण्डु – भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चरका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । पहिलो सिजनमा धेरैको प्रशंसा पाएका उनी थप खारिएर सिजन दुईमा भाग लिन आएका छन् । २३ वर्षीय आरिफले यस पटक ब्लाईन्ड अडिसनमा ‘उडायो हावाले बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्केका थिए । उनी कोच आस्थाको टिममा छन् ।
विजय राई, ईलाम, हाल काठमाडौँ –अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।
कुमा सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमा सागरले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि भोग्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् । आदरणीय दर्शकबिन्द, तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज सबैभन्दा राम्रो लाग्छ ? तपाईको विचारमा को फाईनलसम्म पुग्न सक्छ जस्तो लाग्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको अर्को भाग पनि हेर्न नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 3