चर्चित मोडल पुसन लामाको फरक लुक्स (फोटो फिचर)

२६ भाद्र २०७६, बिहीबार १३:५९

मकवानपुर, २६ भदौ । पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय हेर्न सकिन्छ । उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।

कुनै समयमा एक कार्यक्रममा पुसनको कुशल नृत्य देखेर कलाकार आस्मान लोप्चनले उनलाई कभर भिडियोका लागि अफर गरे । कभर भिडियोमा सबैको मन जितेपछि कभर भिडियो हुँदै पुसनले म्यूजिक भिडियोहरुमा समेत अवसर पाईन् । दर्जनौँ म्यूजिक भिडियो र केही चलचित्रमा अभिनय समेत गरिसकेकी पुसनको पहिलो चलचित्र चर्चित तामाङ चलचित्र ‘घ्रान’ हो । उनले अभिनय गरेको अर्को चलचित्र ‘बज्र’ हो ।

तामाङ चलचित्र संघको कार्यसमिति सदस्य समेत रहेकी पुसनले ‘छुकछुके’, ‘जोवन १६ को’, चर्चित गायिका मेलिना राईको ‘खुशी छौ र पनि’, हिरा लामाको ‘ल्याङ ल्याङ नगर’ लगायतका चर्चित म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने पुसन आफ्नो फरक लुक्सका कारण पनि चर्चित छिन् । आकर्षक फिगर र सामान्य पहिरनमा पनि सुन्दर देखिने पुसनका १० वटा तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरौँ उनका तस्बिरहरु–

यो पनि हेर्नुहोस्
तामाङ चलचित्र ‘ङ्हो’ को प्रिमियर यस्तो भयो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*