‘ब्राण्ड बाबु’ एक नम्बर ट्रेण्डिङमा

२६ भाद्र २०७६, बिहीबार १३:२०

मकवानपुर, २६ भदौ । तेलुगु भाषाको हिन्दी डब्ड भर्सन चलचित्र ‘ब्राण्ड बाबु’ नेपाली युट्युब सर्भरमा एक नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । सुमन्थ शैलेन्द्र, एसा रेब्बा, मुरली शर्मा लगायतको अभिनय चलचित्रमा छ ।

शक्ति चिडमबरमको निर्देशन तथा रिवाज दुगलको लगानीमा बनेको चलचित्रमा अम्रेश गणेशको संगीत सुन्न सकिन्छ । एक धनी परिवारमा हुर्किएको छोराको प्रेमकथामा आधारित चलचित्रमा गृहमन्त्रीको छोरीसँग विवाह गर्न खोज्दा सामान्य परिवारकी राधा नामक पात्रसँग अल्झिएको प्रेमकथा हेर्न सकिन्छ । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई १३ करोड ३९ लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा करिब २ लाख लाईक, १२ हजार डिसलाईक र साढे ७ हजार कमेन्टहरु रहेका छन् । हेरौँ चलचित्र–

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे मुक्तिनाथको नयाँ गीतको भिडियो रिलिज

मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने टिष्टुङ पालुङको बारेमा गीत सार्वजनिक गरेसँगै चर्चित बनेका मकवानपुरे गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘टिष्टुङ पालुङ गाउँ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएसँगै एकाएक चर्चित बनेका उप्रेतीका ‘गोरी हे गोरी’ बोलको नयाँ डान्सिङ गीतको भिडियो युट्युबमा सार्वजनि गरिएको हो । गीतमा मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको आवाज तथा उप्रेतीकै शब्द र संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा करिश्मा ढकाल र मनिष श्रेष्ठको अभिनय रहेको छ ।

अनमोल र श्रृष्टिको जोडी फेरि एकपटक पर्दामा

यक अनमोल केसी र नायिका श्रृष्टि श्रेष्ठको जोडी पूनः एकपटक पर्दामा जम्ने भएको छ । सफल बताइएको चलचित्र ‘गाजलु’ मा एकसाथ काम गरेका अनमोल र श्रृष्ठि एक चलचित्रमा देखिन थालेको विभिन्न न्यूज एजेन्सीहरुले दाबी गरेका छन् । नाम गोप्य राखिएको एक नयाँ चलचित्रमा संगै काम गर्न लागेका उनीहरुको नाम नै फाईनल भइसकेको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*