‘तामाङको ईतिहास बचाउन’ सार्वजनिक

२४ भाद्र २०७६, मंगलवार २१:४७

मकवानपुर, २४ भदौ । आदिवासी जनजाति तामाङ समुदायको ईतिहासको जगेर्ना गर्न सुझाउने सेलो गीत ‘तामाङको ईतिहास बचाउन’ युट्युबमा सार्वजनिक भएको छ । शशिकला मोक्तान र सञ्जीव वाईबाको आवाजमा सजिएको गीतमा अरुण घिसिङले शब्द तथा संगीत रहेको छ ।

फणिन्द्र राईको एरेञ्ज तथा सुमन खड्काको मिक्सिङमा बनेको गीतको अडियो भर्सन सार्वजनिक भएको हो । गीतलाई पर्पल स्टुडियोमा रेकर्ड गरिएको हो । हेरौँ गीतको भिडियो–

यो पनि हेर्नुहोस्

ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 4 (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

जीवनमा सकरात्मक परिवर्तन खेल्न समेत सघाउ पुराउने सामाजिक सञ्जालको गलत प्रयोगका कारण कयौँ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै एउटा घटनाका कारण अहिले अनलाईन मिडिया तातिएको छ । समाचारमा जनाइए अनुसार चर्चित फोटो शेयरिङ एप इन्स्टाग्राममा मर्ने कि नमर्ने ? भन्ने विषयमा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छिन् । मलेसियाकी १६ वर्षीया ती किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग आफु मर्दा ठिक हुन्छ कि बाँच्दा ठिक हुन्छ भन्दै मत सर्वेक्षण गरेपश्चात आत्माहत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अचम्मको कुरा त के भने उनका फलोअर्समध्ये मत सर्वेक्षणमा भाग लिएका ६९ प्रतिशत फलोअर्सले उनलाई मर्दा ठिक हुन्छ भन्ने मत दिए । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा यस्तो लेखेकी थिईन्–‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् ।
प्रेम प्रस्ताव अस्विकार गर्दा आत्माहत्याको प्रयास (भिडियो)

वाहरुमा प्रेमकै कुरालाई लिएर हुने गरेका आत्माहत्याको विषयलाई लिएर मकवानपुरे युवाहरुले सर्ट मुभि (लघु चलचित्र) निर्माण गरेका छन् । ‘फ्लप क्रियशन टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक सर्ट मुभिमा किशोराअवस्थामा हुने प्रेम प्रस्ताव अस्विकारले आफैलाई मार्न समेत पछि नपर्ने किशोरको कथा समेटिएको छ । सुवास लामाको कथा, निर्देशन तथा सम्पादनमा तयार भएको सर्ट मूभिमा सुवाससहित राजु लामाको छायांकन हेर्न सकिन्छ । सर्ट मुभिमा राजु घलान, विजय दोङ, जीवन घलान, अविनाश गोले र सरस्वती मुक्तानको अभिनय रहेको छ । हेर्नुहोस् सर्ट मूभि–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*