तामाङ गीत ‘न त साम्सी धोला माया’ को भ्यूज १ लाखभन्दा बढी

२३ भाद्र २०७६, सोमबार २०:३१

मकवानपुर, २३ भदौ । गायक अभिषेक तामाङ र गायिका सृजना स्याङ्तानको आवाजमा रहेको ‘न त साम्सी धोला माया’ बोलको गीतको म्युजिक भिडियोलाई एक लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । गायक अभिषेक तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई व्यक्तिगत च्यानलमै यति धेरै भ्युज प्राप्त भएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित नायक सागर घिसिङसँगै सुजिना गोलेको अभिनय हेर्न सकिन्छ । सोनाम पाख्रिनको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई सञ्जीत श्रेष्ठले खिचेका हुन् । सुशिल न्यौपानेको सम्पादनमा तयार भएको भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।

यो सामग्री तयार पार्दाको समयमा यस म्युजिक भिडियोलाई १ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । त्यस्तै १ हजार ७ सयभन्दा बढी लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । कुमार स्याङ्बाको शब्द तथा अभिषेक कै संगीत रहेको गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । सर्गम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सनलाई भने यस अघि नै गायक अभिषेक तामाङकै युट्युब च्यानलबाट नै सार्वजनिक गरिसकिएको थियो ।
यो पनि हेर्नुहोस्

नेपाल आईडलकी स्वस्तिकाले भुतुक्कै पारिन्

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

ट्वीटर माईक्रो ब्लगिङ साईटहरुमध्ये लोकप्रिय साईट हो तर पनि यसले विभिन्न समस्याहरु झेल्दै आईरहेको छ । पछिल्लो समयमा विभिन्न समस्यामा गुज्रँदै र थप सुधार गर्दै आएको ट्वीटरले ६ महिनाको अवधिमा नै १ लाख ६० हजारभन्दा बढी ट्वीटर अकाउन्टहरु बन्द गरिदिएको छ । हुन त आफ्नो प्रयोगकर्ताका अकाउन्ट बन्द गर्दा यसको घाटा प्रत्यक्ष रुपमा ट्वीटरमा पर्छ तर पनि विविध कारणले गर्दा ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा यति ठूलो संख्यामा अकाउन्ट बन्द गराएको हो । बन्द गरिएका ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटर यस्तो कदम चाल्न बाध्य भएको हो । ट्वीटरको सुधारका लागि शून्य सहनशीलता नीति लागु गरेको ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो । अधिकारीहरुका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*