हेटौँडामा चलचित्र ‘लिटिल स्टार’ को शुभारम्भ

२३ भाद्र २०७६, सोमबार २०:१७

मकवानपुर, २३ भदौ । नेपाली कथानक चलचित्र ‘लिटिल स्टार’ को हेटौँडामा शुभारम्भ गरिएको छ । हेटौँडामा अवस्थित न्युज क्लब नेपाल हेटौँडामा कार्यक्रमको आयोजना गरी एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने चलिचित्रको शुभारम्भ गरिएको हो । नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले चलचित्रको शुभारम्भ गरेका हुन् । अजय वाईवाको निर्देशनमा बन्ने चलचित्र मकवानपुरको लागि ऐतिहासिक चलचित्र हुने शुभारम्भको क्रममा महर्जनले बताए ।

मकवानपुरकै कलाकार, मकवानपुरमै छायाङ्कन्, मकवानपुरमै सम्पादन हुने पहिलो चलचित्र भएको भन्दै उनले २०७२ सालको विनासकारी भुकम्पपछि परिवार गुमाएका बालवालिकाहरुमा परेको प्रभावको विषयमा बन्न लागेको यो नै नेपालको पहिलो चलचित्र भएको उनको दाबी रहेको थियो । चलचित्रको विषयमा जानकारी दिँदै निर्देशक लामाले चलचित्रले भुकम्प पछि आफ्नो अभिभावक गुमाएका बालबालिकालाई परेको समस्या, बालबालिका बेचविखनको अवस्था र शिक्षावाट के कारणले बालबालिका बञ्चित हुनुपरेको छ भन्ने विषयलाई उठान गरेको बताए ।

चलचित्र ३५ लाख रुपैँयामा निर्माण सम्पन्न हुने चलचित्रका निर्माता सुरेश लामाले बताए । चलचित्रलाई मकवानपुरको सुन्दर क्षेत्रहरु, बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका लगाएतको स्थानमा छायाङ्कन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । चलचित्रमा आयुष घलान, सुशिल वाईवा, राजेन्द्र बलामी, बिरेन्द्र लामा, अमित भट्टराई, सञ्जय मण्डल, कमला भोम्जन लगाएतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा सन्तोष थोकरको द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई तिहार पछि देशभर रिलिज गर्ने गरि काम गरिने वाईवाको भनाई रहेको छ ।

यो पनि हेर्नुहोस्

एलिना चौहानका आफ्नै ४ गीतहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

के चन्द्रमा खुम्चिएकै हो ?

चन्द्रमा विषयमा हामी मानिस जाति मात्र होईन प्रकृतिका अन्य सृष्टिले पनि चासो राख्ने गर्छन् । चन्द्रमाकै गतिका कारण पृथ्वीमा ऋतु परिवर्तन लगायतका प्रक्रियाहरु सञ्चालन हुन्छन् । संसारका कतिपय पात्रोहरु आज पनि चन्द्रमाकै गतिका आधारमा निर्धारण गरिन्छ । कतिपयले चन्द्रमालाई कुरुप रुपमा चित्रण गर्छन् भने कतिपयले यसको सुन्दरताको पनि विष्लेषण गर्छन् । आफ्नो प्रेमिकालाई अधिकांश प्रेमीहरुले जुनसँग तुलना गर्छन् चाहे त्यो सुन्दरताको आधारमा होस् या प्राप्तिका आधारमा होस् । चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । निल आर्मस्ट्रंगले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए । सन् १९७२ मा यूजिन सेरननले पनि चन्द्रमामा पाइला टेके । उनी नै अहिलेसम्म चन्द्रमामा पुग्ने अन्तिम यात्री हुन् । त्यसयता चन्द्रमामा मानिसलाई पठाइएको छैन । यद्यपि, लूनार रिकनिसेन्स अर्बिटर नामक स्याटेलाइटका माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*