भ्वाईस अफ नेपालले गुमाएका थप ३ प्रतिभाहरु

२३ भाद्र २०७६, सोमबार १९:५८

चन्द्र घलान, मकवानपुर, २३ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यो अडिसनको आठौँ भाग प्रसारण भईसक्दा १२ जना प्रतिभाहरुको ब्याटलमा भिड्ने सपना यस सिजनका लागि सकिएको छ । भ्वाईस अफ नेपालले गुमाएका यी प्रतिभाहरुमध्ये ९ जनाका बारेमा यस अघिको सामाग्रीमा चर्चा गरिसकिएको छ । शुक्रबार र शनिबार प्रसारण भएको एपिसोडबाट ३ जना बाहिरिएपछि यो संख्या १२ पुगेको हो । यस सामाग्रीमा पछिल्लो दुई एपिसोडबाट भ्वाईस अफ नेपालले गुमाएका ३ प्रतिभाहरुका बारेमा चर्चा गरिएको छ ।

हृदेश बस्नेत, विरगञ्ज, पर्सा हाल स्वयम्भु – धेरै ठाउँमा सँगीत सिक्न गएका हृदेश अन्तत घरमै आएर बसे । संगीत क्षेत्रमा भविष्य छैन भनेर बुवाले भनेपछि उनी अन्य क्षेत्रमा करियर बनाउन लागे । हाल बैँकमा कार्यरत हृदेशले ब्लाईन्ड अडिसनमा ‘फुलको डाली डालीमा’ बोलको गीत गाएका थिए । २५ वर्षीय हृदेशको आवाज सुनेर कुनै कोच फर्किएनन् । उनी दोस्रो राउण्डमा पुग्न असफल रहे ।

प्रेक्षा कोईराला, हेटौँडा, मकवानपुर – परिवारमा कोही संगीत क्षेत्रमा नभए पनि आफु संगीतको पारखी भएको प्रेक्षा बताउँछिन् । २२ वर्षीया प्रेक्षाले रेडियो टेलिभिजनबाटै गीत गाउने प्रेरणा बढेको बताउँछिन् । क्लासिकल र ज्याज सिकिरहेकी प्रेक्षाले ब्लाईन्ड अडिसनमा ‘बसन्त’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटल राउण्डका लागि छनौट हुन सकिनन् ।

पुजा परियार, बुढानिलकण्ठ –माईती नेपालकी नाईटिङ्गेल भनेर समेत चिनिने पूजा अहिले नारायणथानमा बस्छिन् । १८ वर्षको उमेरसम्म माईती नेपालमा बिताएकी उनी आफ्नो जीवनलाई संघर्षको रुपमा लिन्छिन् । वृद्धाश्रमदेखि बालबच्चासम्मको साहारा र मायालु पात्र बनेकी पूजाले जीवनमा विभिन्न उतार चढाव भोगेकी छिन् । २५ वर्षीया पूजाले ब्लाईन्ड अडिसनमा ‘म चाँही नेपाली’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् ।

यो पनि हेर्नुहोस्

ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 3 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*