आरिफ, विजय र कुमार, जसले चारै कोच फर्काए

२३ भाद्र २०७६, सोमबार १८:०७

चन्द्र घलान, मकवानपुर, २३ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यो अडिसनको आठौँ भाग प्रसारण भईसक्दा ब्याटलका लागि छनौट भएका मध्ये १६ जनाले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भएका छन् । शुक्रबार र शनिबार प्रसारण भएको एपिसोडबाट ३ जना थपिएपछि यो संख्या १६ पुगेको हो । यस अघि चारै जना कोचलाई फर्काउन सफल १३ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकिएको छ । यस सामाग्रीमा शुक्रबार र शनिबारको एपिसोडमा चारै जना कोचलाई फर्काउन सफल थप ३ जना प्रतियोगीहरु आरिफ रफ, विजय राई र कुमार सागरको बारेमा चर्चा गरिएको छ ।

आरिफ रफ,नयाँ बानेश्वर, काठमाण्डु – भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ रफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चरका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । पहिलो सिजनमा धेरैको प्रशंसा पाएका उनी थप खारिएर सिजन दुईमा भाग लिन आएका छन् । २३ वर्षीय आरिफले यस पटक ब्लाईन्ड अडिसनमा ‘उडायो हावाले बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्केका थिए । उनी कोच आस्थाको टिममा छन् ।

विजय राई, ईलाम, हाल काठमाडौँ –अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

कुमार सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमारले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि भोग्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।

यो पनि हेर्नुहोस्

ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 3 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*