हात्तिगौँडाको बुद्ध मावि नृत्यमा प्रथम

२२ भाद्र २०७६, आईतवार १७:४६

मकवानपुर, २२ भदौ । मयुरधाप स्रोतकेन्द्रमा शिक्षा दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा हेटौँडा १२ हात्तिगौँडा स्थित बुद्ध माध्यमिक विद्यालय प्रथम भएको छ । नृत्य प्रतियोगितामा बुद्ध माविका सजिना पाख्रिन, कविता ढुङ्गाना, मनिषा गोले, निमा बल, सरिता ढुङ्गाना र अन्तिमा लामाको समूह प्रथम भएको हो ।

प्रतियोगितमा हेटौंडा–१४ स्थित जनज्योति मावि दोस्रो र हेटौंडा १३ पदमपोखरी स्थित महेन्द्र मावि तेस्रो भएको छ । जनज्योति माविका निमा रुम्बा, विवेक थोकर, सविना लोप्चन, शिला घिसिङ, जानकी लामा र सुस्मी थिङको टोली दोस्रो भएको हो । महेन्द्र माविका देवी लामा, निकिता सिन्तान, अस्मी वाइबा, अनिशा घलान, अम्बिका वाइबा र रुस्मा स्याङ्तानको समूह तृतिय भएको हो ।

हेटौंडा उपमहानगरपालिका, शिक्षा विकास महाशाखाको आयोजना तथा जनज्योति माविको संयोजनमा भएको प्रतियोगितामा कलिउड कला केन्द्रका विजय स्याङ्तान र विशाल लामा निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगितामा लोकनृत्य प्रस्तुत गरिएको थियो । जनज्योति मावि सांस्कृतिक विभागकी लक्ष्मीदेवी शर्माको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रधानाध्यापक भोगेन्द्र लुइँटेल, सहायक प्रधानाध्यापक हरि पौडेलका साथै विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । (समृद्ध समाज दैनिकको सहयागमा)

यो पनि हेर्नुहोस्

सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा कमाउने सकरात्मक तरिकाहरु प्रशस्त छन् । पैसा कमाउने माध्यमका रुपमा वर्तमान समयमा मोबाईल एपलाई पनि लिने गरिन्छ । गुगल प्ले स्टोर तथा अन्य एप स्टोरहरुमा त्यस्ता कयौँ एन्ड्रोईड मोबाईल एपहरु छन् जसले पैसा कमाउने अफर समेत दिन्छ । यस्तै एप मध्येको एउटा एप हो–क्लिन मास्टर । यस एपले पनि तपाईलाई मोबाईलमा प्रयोग नहुने फाईलहरु क्लिन गर्दा तथा गेम खेल्दा केही रकम कमाउने अवसर दिन्छ । क्लिन मास्टरले केही समय अघि यो अफर केही सिमित समयमा लागि लञ्च गरेको हो । मोबाईल एन्टीभाईरस, क्लिनर तथा एप लकरका रुपमा प्रयोग हुने यस मोबाईल एपको प्रयोग गरी कसरी पैसा कमाउने भन्ने बारेमा हामीले यस भिडियोमा चर्चा गरेका छौँ । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*