हेटौँडा ९ मा स्वास्थ्य परिक्षण सर्वेक्षण हुँदै

२२ भाद्र २०७६, आईतवार १७:२९

आशिष खतिवडा, हेटौँडा, २२ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ को सक्रियता र सहरी स्वास्थ्य कार्यालयको संयोजनमा वडाभित्र रहेका प्रत्येक घरधुरीका बासिन्दाहरुको स्वास्थ्य परिक्षण सर्वेक्षण सुरु भएको छ । वडावासीका स्वास्थ्यको अवस्था र वडावासीमा व्याप्त रोगहरुको पहिचान गर्ने उदेश्यले सर्वेक्षण गरिएको हो ।

९ नम्बर वडाका वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीका अनुसार वडाभित्र रहेका जटिल किसिमका रोगहरुका बारेमा तथ्यांक संकलन गर्ने र प्राप्त तथ्यांकको आधारमा यस आर्थिक वर्षमा २ वटा स्वास्थ्य शिविर गरिने जानकारी दिए । वडाभित्रका सहरी स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने अवस्थामा रहेका त्यस्ता रोगीहरुको पनि वास्तविक तथ्यांक आउनु आवश्यक रहेको वडा अध्यक्ष भण्डारीले बताए । यसरी प्राप्त तथ्याङ्कका आधारमा यस आर्थिक वर्षभित्र महिला स्वास्थ्य सम्बन्धी एउटा र अर्को सबैलाई समेट्ने गरी विशेषज्ञ डाक्टर र दक्ष स्वास्थ्य प्राविधिकहरुसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न वडा कार्यालय लागेको उनले बताए ।

स्वास्थ्य परिक्षण सर्वेक्षणको घरदैलो कार्यक्रम सुरु हुनु पूर्व भएको औपचारिक कार्यक्रम वडा सदस्य सुकराम केसीको अध्यक्षता तथा वडाअध्यक्ष भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । औपचारिक कार्यक्रममा कार्यक्रमको उदेश्यका बारेमा प्रष्ट पारिएको थियो । कार्यक्रममा वडाका २४ वटा टोल विकास संस्थाका पत्येक घरमा गएर तथ्यांक संकलन गरिने जानकारी गराइएको थियो । उक्त कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवश खतिवडा, वडा सदस्य लक्ष्मी नेपाली, सहरी स्वास्थ्य कार्यालयका उपाध्यक्ष विनोद लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि हेर्नुहोस्

सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ
तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*