सृजना टोल विकासको नवौँ साधारण सभा सम्पन्न

२२ भाद्र २०७६, आईतवार १४:५२

आशिष खतिवडा, हेटौँडा, २२ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सृजना टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले ९ नम्बर वडाको विकासका लागि टोल विकास संस्थाहरु क्रियाशिल भएर लाग्नुपर्ने बताए । उक्त टोल विकास संस्थाको विकासका लागि आवश्यक पर्ने सबै सहयोग गर्न आफु हरपल तयार रहेको भण्डारीले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष घनश्याम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष यदुवंश खतिवडा, सामुदायिक सेवा समितिका अध्यक्ष राम विष्ट, छिमेकी टोल विकास समितिका अध्यक्ष तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्

सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ

तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा कमाउने सकरात्मक तरिकाहरु प्रशस्त छन् । पैसा कमाउने माध्यमका रुपमा वर्तमान समयमा मोबाईल एपलाई पनि लिने गरिन्छ । गुगल प्ले स्टोर तथा अन्य एप स्टोरहरुमा त्यस्ता कयौँ एन्ड्रोईड मोबाईल एपहरु छन् जसले पैसा कमाउने अफर समेत दिन्छ । यस्तै एप मध्येको एउटा एप हो–क्लिन मास्टर । यस एपले पनि तपाईलाई मोबाईलमा प्रयोग नहुने फाईलहरु क्लिन गर्दा तथा गेम खेल्दा केही रकम कमाउने अवसर दिन्छ । क्लिन मास्टरले केही समय अघि यो अफर केही सिमित समयमा लागि लञ्च गरेको हो । मोबाईल एन्टीभाईरस, क्लिनर तथा एप लकरका रुपमा प्रयोग हुने यस मोबाईल एपको प्रयोग गरी कसरी पैसा कमाउने भन्ने बारेमा हामीले यस भिडियोमा चर्चा गरेका छौँ । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*