ब्याटलका लागि थपिए ५ नयाँ आवाज

२१ भाद्र २०७६, शनिबार १७:५२

चन्द्र घलान, २१ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यो सामग्री तयार पार्दाको समयमा यस सिजनको ब्लाईन्ड अडिसन अन्तर्गत ७ वटा एपिसोडहरु प्रसारण भईसकेका छन् । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । अहिलेसम्म ३७ जना सहभागीहरु ब्याटल राउण्डका लागि छानिएका छन् भने ११ जनाको यात्रा ब्लाईन्ड अडिसनबाटै सकिएको छ । ३७ जनामध्ये १५ जना प्रतियोगीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । भदौ २० गते प्रसारित एपिसोडबाट थप ५ जना थपिएपछि ब्याटलमा जानेको संख्या ३७ पुगेको हो । यस सामग्रीमा शुक्रबार प्रसारित एपिसोडबाट थपिएका ५ प्रतिस्पर्धीका बारेमा चर्चा गरिएको छ ।

आरिफ रौफ,नयाँ बानेश्वर, काठमाण्डु – भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ रफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चरका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । पहिलो सिजनमा धेरैको प्रशंसा पाएका उनी थप खारिएर सिजन दुईमा भाग लिन आएका छन् । २३ वर्षीय आरिफले यस पटक ब्लाईन्ड अडिसनमा ‘उडायो हावाले बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्केका थिए । उनी कोच आस्थाको टिममा छन् ।

सम्झना पाण्डे, कोलोराडो, अमेरिका – भ्वाईस अफ नेपालमा सहभागी हुन संयुक्त राज्य अमेरिकादेखि नेपाल आएकी सम्झना विभिन्न कार्यक्रममा व्यस्त भईरहने प्रतिभा हुन् । विभिन्न देशका भाषाभाषीहरुबिचको कार्यक्रममा सहभागी भईरहने सम्झनाले गीत गाउन थालेको करिब आधा दशक भयो । स्वास्थ्य समस्याका कारण लामो समय गाउन छोडेकी सम्झना रोगसँग जुध्दै फेरि साँगितिक क्षेत्रमा सक्रिय भएकी हुन् । ३७ वर्षीया सम्झनाले ब्लाईन्ड अडिसनमा ‘तिम्रो मायाले मलाई’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् ।

सुष्मा विश्वकर्मा, बुटवल –सुष्मा नेपाली तारा सिजन ३ मा उत्कृष्ट १० सम्म पुगेकी प्रतियोगी हुन् । ख्रिष्टियन परिवारमा जन्मिएकी सुष्माले चर्चमा भजन गाउँदादेखि नै सँगीतमा रुचि राखेको बताउँछिन् । उनले ब्लाईन्ड अडिसनमा आशा भोष्लेको ‘झझल्को लिएर आएछ सावन’ बोलको गीत गाएकी थिईन् । २६ वर्षीय सुष्माको आवाज सुनेर कोच आश्था बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छिन् ।

३६) सौगात न्यौपाने, नेपालगञ्ज, बाँके, हाल किर्तिपुर –सानैदेखि मामाघरमा हुर्किएका सौगात आमा र मामालाई निकै महत्व दिन्छन् । सानै उमेरमा बुवा गुमाएका उनले मामाघर नजिकै भएको मेडिकलमा बस्नुहुने गुरुसँग उनले संगित सिकेका हुन् । उनी जीवनको पहिलो गुरुलाई पनि मामा भनेर नै सम्बोधन गर्छन् । समीरका नामले समेत चिनिने १९ वर्षीय सौगातले ब्लाईन्ड अडिसनमा राजु लामाको ‘पर्खाईमा बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

विजय राई, ईलाम, हाल काठमाडौँ – अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

यो पनि हेर्नुहोस्

ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग १ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*