जुरेसमा सञ्जु गोले र बाल क्लबमा शैलेस चापागाईको नेतृत्व

२० भाद्र २०७६, शुक्रबार १५:२७

मकवानपुर, २० भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा अवस्थित बाल जागृति युवा वर्ष माविमा बाल क्लब तथा जुरेस पूनर्गठन भएको छ । अतिरिक्त कृयाकलाप समितिको आयोजनामा भएको कार्यक्रम अतिरिक्त कृयाकलाप समिति संयोजक कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गोपाल चन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

विद्यालयमा कक्षा ९ मा अध्ययनरत शैलेस चापागाईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति बनेको छ । समितिको उपाध्यक्षमा कञ्चन चौलागाई, सचिव देवकी सापकोटा, सहसचिव मौसम सुनार र कोषाध्यक्षमा सोहन कँडेल चयन भएका छन् । बाल क्लबको कार्य समिति सदस्यहरुमा सन्देश सापकोटा, जेनिता गौतम, प्रतिक दुलाल र शशिकला लामा चयन भएका छन् ।

त्यस्तै जुनियर रेडक्रस सर्कल(जुरेस) तर्फ कक्षा ८ की सञ्जु गोले अध्यक्ष चयन भएकी छिन् । ९ सदस्यीय कार्य समितिको उपाध्यक्षमा कृजन तिमल्सिना, सचिव प्रशंसा गौतम, सहसचिव प्रसिम गौतम र कोषाध्यक्ष पूर्णिमा छुमी चयन भएका छन् । कार्य समिति सदस्यहरुमा दिपिना सापकोटा, अमन राई, शुलभ कँडेल र कृष्णकुमारी ढकाल चयन भएका छन् ।

अङ्ग्रेजी विषय शिक्षक विवश थापाले संचालन गरेको कार्यक्रममा शिक्षक सुदिप अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप समिति संयोजक कुमार रुम्बा र प्रधानाध्यापक गोपाल चन्द्र भट्टराईले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ? फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*