साहित्यकार अनिशा पुडासैनीको आग्रह–‘नदेख सपना’

१९ भाद्र २०७६, बिहीबार २१:५८

मकवानपुर, १९ भदौ । अनिशा पुडासैनी, मकवानपुरे साहित्यमा त्यो सुन्दर विम्व हो जो आफ्नै कवितामा मिसिएर मिठास छर्छिन् । अध्ययन र साहित्य साधनालाई सँगसँगै डोराएकी अनिशा कविता मात्र होईन, निवन्ध र गजल लेख्न पनि सिपालु छिन् । अझ भनौँ उनी साहित्यका धेरै विधाहरुमा कलम चलाउन सक्षम छिन् । समकालीन नेपाली कविता साहित्यको बजारमा अनिशा पुडासैनीका कविताले फरक चेत बोकेर उभिन्छन् । उनै अनुज पुस्ताकी उम्दा कवि अनिशा पुडासैनीको एउटा कविता साहित्यलाई टेवा दिने उदेश्य सहित सुरु गरिएको एनएस टिभी युट्युब च्यानलमा सार्वजनिक भएको छ । उनी यस कवितामा सपना नदेख्न आग्रह गर्दैछिन् । हेरौँ, सुनौँ र मनन गरौँ उनको कविता–

नदेख सपना
–अनिशा पुडासैनी
जब मेरो मौनता भंग हुनेछ
तब तिम्रो हार हुनेछ
हो,त्यतिबेला के दिन्छौ आफ्नो मानवताको परिचय
प्यारो मान्छे ?
म चाहान्न आफैलाइ छाडेर आफैसंग टुंगिन ,
म चाहान्न आफैलाई लत्याएर तिमीसंग रमाउन ,
म भएर पनि म हुन सकिन भने
मेरो हालत के होला !
के तिमी कल्पना गर्न सक्छौ ?
आफैलाई हो बुद्धले डोराएर हिँडेका
आफैलाइ हो कन्फुसियसले अङ्गालेका
तर म तिमीसँग रमाएर यो जिवनलाइ कसरी आफ्नो परिचय दिउँ ?
मलाई मै हुनु छ
मलाई हुनु छैन तिम्रो अतिवादको पर्खाल भित्रको फुल
अनि तिम्रो सपनाकी राजकुमारी ,
मलाई त सबैले देखेपनि कहिल्यै नफुल्ने उन्यु प्यारो छ
कहिल्यै नटुसाउने ढुंगो प्यारो छ
अनि कहिल्यै नदेखिने अदृश्य सपना प्यारो छ ,

त्यसैले, प्यारो मान्छे
नदेख त्यो सपना
जुन सपना भित्र
तिम्रो आफ्नै मृत्युुको चिसो चिहान ढुकेर बसेको छ ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 2

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

के तपाईँ फेसबुक वा ट्वीटर जस्ता सामाजिक संजालमा फेक –नक्कली) आईडी बनाईरहनुभएको छ ? न केटी बनेर दुनियाँलाई झुक्काईरहनु भएको छ कि ? उसो भए सावधान अब तपाईको शैतानी दिमागलाई चुनौति दिन अर्थात तपाईको पोल खोल्न वैज्ञानिकहरुले नयाँ तरिका विकास गरेका छन् । फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । विभिन्न एजेन्सीहरुमा आएको समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*