दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग ३

१९ भाद्र २०७६, बिहीबार २०:५२
Featured Video Play Icon

मकवानपुर, १९ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यस भिडियो सामग्रीको पहिलो र दोस्रो भागमा तपाईँले चारै जना कोचहरुको चियरलाई आफुतर्फ फर्काउन सफल भएका प्रतियोगीहरुमध्ये ९ जना प्रतियोगीहरुका बारेमा हेरिसक्नु भएको छ । यदि तपाईले भिडियो हेर्न छुटाउनु भएको भए डिस्क्रीप्सनमा लिंक राखिएको छ । भिडियोको यो तेस्रो भागमा हामी चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल थप ४ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–

१०) सञ्जय महत, डिल्लीबजार, काठमाडौँ–सानैदेखि सुपर न्याचुरल पावरमा आकर्षित भएर कथित ड्राकुलाको जस्तै दाँत हालेका सञ्जय महतको दाँत देख्दा डरलाग्दो जस्तो लागेता पनि उनी वास्तवमा नरम दिलका छन् । सुमधुर गीत गाउने सञ्जयलाई धेरैले ड्राकुला भनेर चिन्छन् । उनले ब्लाईन्ड अडिसनमा चौबन्दी चोलो बोलको गीत गाएका थिए । २६ वर्षीय सञ्जयको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छन् ।

११) कमल विष्ट, टिकापुर, कैलाली–शास्त्रीय संगीत सिक्दै गरेका कमल विष्ट टिकापुरको कैलाली निवासी हुन् । गाउँमा सामान्य गाउन सिकेका कमलले काठमाडौँमा संगीतको शिक्षा लिएका हुन् । राग बागेश्वरी गाएका २४ वर्षीय कमलको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

१२) करण दोङ, जोरपाटी, काठमाडौँ –भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागिता जनाएर छनौटमा नपरेपनि करणले यो पटक भने स्टेजलाई निकै तताए । २१ वर्षीय करणको गीत सुनेर चारै जना कोच मात्र फर्केनन् भ्वाईस अफ नेपालको स्टुडियोको माहोल नै तात्तियो । कोच राजु र आश्था स्टेजमा उनीसँगै उक्लिएर नाचे । कोच राजुको युनिक जम्पलाई पनि यही पर्फोमेन्सले भाईरल बनाएको थियो । उनले सविन राईको कोमल त्यो तिम्रो बदनमा बोलको गीत गाएका थिए । उनी कोच राजुको टिममा छन् ।

१३) प्रवेश खतिवडा, नुवाकोट, हाल काठमाडौँ –सानैदेखि संगीतमा रुचि भएका प्रवेश संगीतको कुरा गर्दा आफ्नो विद्यालयका गुरुलाई सम्झन्छन् । गुरुकै प्रेरणा पाएर उनी संगीतमा अघि बढेका हुन् । भ्वाईस अफ नेपालमा सहभागी हुनुलाई ठूलो सौभाग्य ठानेका प्रवेश २० वर्षका छन् । ब्लाईन्ड अडिसनमा हे बरै बोलको गीत गाएका प्रवेशको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यी ४ प्रतियोगीहरुमध्ये कसको आवाज सबैभन्दा राम्रो लाग्छ ? तपाईको विचारमा को फाईनलसम्म पुग्न सक्छ जस्तो लाग्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको चौथो भाग पनि हेर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 3

दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 2

दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*