पदमपोखरी भोर्लेमा कसले काट्यो केरा फर्मका सयौं केराको बोट ?

१८ भाद्र २०७६, बुधबार १३:५५

मकवानपुर, १८ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा अवस्थित नमोबुद्ध कृषि फर्ममा लगाइएको केराका साढे सात सय बोटहरु अज्ञात समूहले काटिदिएका छन् । गएराती फर्मको साढे १३ कठ्ठा क्षेत्रफलमा लगाइएको केराखेती पूर्ण रुपमा नष्ट गरेको अवस्थामा पाइएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिनुभयो । परम्परागत कृषिलाई छाडेर आधुनिक कृषि तर्फ आकर्षित युवाहरुको सपनामाथि धावा बोल्दै अज्ञात समूहले सयौँ केराका बोटहरु काटेका हुन् ।

युवाहरुको कामलाई हतोत्साही गराउनेगरी भएको घटनाले कृषि क्षेत्रलाई त्रसित पारेको उहाँले बताउनुभयो । फर्ममा पुगेका वडाअध्यक्ष घलानले दोषी पत्ता लगाएर कडाभन्दा कडा कार्वाही गरिनुपर्ने बताए ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरु गरिएको प्रहरी चौकी पदमपोखरीले जानकारी दिएको छ । फर्ममा गत वर्ष ३ लाखको लागतमा बिरुवा र मल ल्याएर लगाइएको थियो । खेती गर्दा र ज्याला तथा स्याहार सुसारमा लाखौँ रुपैयाँ खर्च भएको र समय पनि लागेको फर्मका सञ्चालक बलराम वलले बताउनुभयो । आफूहरुले मकै तथा कोदो खेतीलाई बिस्तापित गरेर महिनौ मिहिनेत गरेर तयार पारेको केराखेती नष्ट हुँदा ठुलो घाटा व्यहोर्नु परेको बलले बताए । केराको बोट काट्नेलाई कडा कारवाहीको माग गर्दै उनले क्षतिपूर्तिका लागि समेत माग गरे ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 2

दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१

यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*