रविन्द्र लामाको गीतमा यस्तो रमाईलो

१८ भाद्र २०७६, बुधबार ०८:५५

आशबहादुर लामा, मकवानपुर, १८ भदौ । मकवानपुरे गायक रविन्द्र लामाको नयाँ गित सार्वजनिक भएको छ । ‘आस्याङको छोरी’ बोलको गीतमा चर्चित डान्स क्रियु भिमफेदी गाइजको दमदार अभिनय रहेको छ । मंगलबार भिमफेदी गाइजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा करिब ७० हजार पटक हेरिएको छ ।

रविन्द्र लामाको आफ्नै शब्द सिर्जना र स्वरमा सजिएको गितमा मोहन मगरले संगित दिएका छन् । गीतलाई आमोश तामाङले एरेञ्ज र भोला पौडेलले मिक्स गरेका हुन् । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका रबिन्द्रको यस अघि पनि धेरै गित तथा म्युजिक भिडियो सार्वजनिक भैसकेको छ । गीतको म्युजिक भिडियोलाई पनि निकै रोमाञ्चक बनाइएको छ ।

भिमफेदी गाईजका कलाकारहरुका साथै चर्चित मोडल निरञ्जली लामा र अनिता लामाको समेत अभिनय रहेको गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । निर्मल लामा बिजीको निर्देशनमा तयार भएको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । माही सिंहले कलाकारहरुलाई सिंगारेका छन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 2

दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१

यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*