जाँदा–जाँदै प्रजिअ अस्मान तामाङले यसो भने

१८ भाद्र २०७६, बुधबार ०६:३७

मकवानपुर, १८ भदौ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुरबाट विदा लिने क्रममा सबैलाई सम्बोधन गरेका छन् । धादिङ जिल्ला सरुवा भएका उनले मकवानपुरको साथलाई कहिल्यै नभुल्ने बताएका छन् । मकवानपुरका जनतामाझ लोकप्रिय प्रमुख जिल्ला अधिकारीका रुपमा आफुलाई उभ्याउन सफल तामाङको क्रेज जनतामाझ निकै सकरात्मक देखिएको छ । हरेक संघसंस्थाले उनको सरुवामा मन अमिलो बनाएका छन् । उनको सकरात्मक कार्यहरुको सम्मान स्वरुप धेरै ठाउँमा कार्यक्रम पनि गरिएको छ । सिडिओ तामाङले मकवानपुरको मायालाई आत्मासथ गर्दै जाँदा–जाँदै सामाजिक सञ्जालमार्फत सम्बोधन पनि गरेका छन् । उनले सम्बोधनमा मकवानपुरका आमजनमानसदेखि मुख्यमन्त्रीसम्मलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –‘जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट धादिङकालागि रमाना भइयो । जिल्लामा रहँदा मलाई कार्यसम्पादनमा सहयोग गर्नुहुने माननीय मुख्य मन्त्रीज्यू, पूर्व मन्त्रीज्यूहरू, प्रदेश सरकारका मन्त्रीज्यूहरू, माननीय सासंदज्यूहरू, राजनीतिक दलका नेताज्यूहरू, स्थानीय सरकारका प्रमुख ज्यूहरू लगायतका सबै जनप्रतिनिधिहरू, कार्यालय प्रमुख साथीहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू लगायत सबै सुरक्षाकर्मीहरू, कार्यालयका सबै कर्मचारी साथीहरू, पत्रकार मित्रहरू, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तित्वहरू लगायत सम्पूर्ण मकवानपुरवासी जनताहरूमा धन्यवाद सहित आभार ब्यक्त गर्न चाहन्छु ।’

यो पनि हेर्नुहोस्
मिडियाको सवालमा यसो भन्छन् प्रजिअ अस्मान तामाङ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)

हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*