प्रजिअ अस्मान तामाङलाई विदाई

१६ भाद्र २०७६, सोमबार १८:३१

मकवानपुर, १६ भदौ । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको सोमबार विदाई गरेको छ । संघमै एक कार्यक्रम आयोजना गरी विदाई गरिएको हो ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा मकवानपुरका प्रजिअ तामाङको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष कटुवालले प्रजिअको भूमिका समग्रमा सकारात्मकरुपमा निभाउनु भएको, उद्योग व्यवसाय क्षेत्रमा सहजिकरण प्राप्त भएकोले धन्यवाद ज्ञापन गर्नुहुदै आगामी कार्यकाल सुखद र प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो पनि हेर्नुहोस्

मिडियाको सवालमा यसो भन्छन् प्रजिअ अस्मान तामाङ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाका उत्सव न्यौपाने बने हिरो, चलचित्र ‘सय कडा दश’मा यस्तो छ रोल (भिडियो)
प्रतिक्षित नेपाली कथानक चलचित्र ‘सय कडा दश’ मा हेटौँडेली कलाकार उत्सव न्यौपानेले हिरोका रुपमा डेब्यू गरेका छन् । चर्चित कमेडी किङ मनोज गजुरेलको समेत डेब्यू मूभिका रुपमा चर्चामा आएको चलचित्रमा उनी नायिका करुणा श्रेष्ठ र नायक अमृत ढुङ्गानासँगै चर्चित कलाकार मनोज गजुरेल, राजाराम पौड्या लगायतका कलाकारहरुसँग स्क्रिन शेयर गर्दैछन् । हेटौँडा स्कूल अफ म्यानेज्मेन्टबाट अध्ययन गर्दै अध्ययनका लागि काठमाडाँैमा पुगेका उत्सवले आफु चलचित्रमा लाग्नुको कारण र आफ्नो रोलका बारेमा समेत हेटौँडाको न्यूज क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । के भने त उनले ? हेरौँ भिडियो

चलचित्र ‘समर लभ’ मा बेड सिन दिएका समर लभ जोडी हेटौँडामा (भिडियो)

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नेपाली कथानक चलचित्र ‘समर लभ’ प्रदर्शनको संघारमा छ । प्रदर्शनको सुरुवात भएसँगै अहिले चलचित्र टोली चलचित्रको प्रचारप्रसारका लागि देशव्यापी दौडमा छन् । चलचित्रमा उपन्यास अनुसार नै थुप्रै बेड सिन समेत दिएका नायक आशिष पिया र नायिका रेवती क्षेत्री र नम्रता सापकोटा चर्चा र गसिप दुबैमा छाएका छन् । यसैक्रममा चलचित्रका नायक आशिष पिया र नायिका रेवती क्षेत्री सहितको टोली चलचित्र प्रचारप्रसारका क्रममा मकवानपुरको हेटौँडामा आईपुगेका थिए । हेरौँ उनीहरुको जोडी के भन्छन्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*