
मोडल पूर्णिमा लामाको मनमोहक तस्बिरहरु (फोटो फिचर)

मकवानपुर, १६ भदौ । पूर्णिमा लामा, कलाक्षेत्रमा चर्चित नाम हो । तामाङ कलामार्फत छोटो समयमा नै दर्शकमाझ चिनिएकी पूर्णिमाले तामाङ गीतको म्युजिक भिडियोमा मात्र नभई नेपाली गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । तामाङ कला क्षेत्रमा चर्चित पूर्णिमा नेपाली कला पारखीमाझ पनि परिचित छिन् ।
सुन्दर मुहार र उत्कृष्ट अभिनयका कारण चर्चामा रहेकी पूर्णिमाले ‘वाला वाला लिस्ह्याल’, गाउँघरको भाका, कान्छो, जीवनसाथी, मुटुभरी, ए कान्छी लगायतका गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हामीले यस सामाग्रीमा उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका मनमोहक १० तस्बिरहरु प्रस्तुत गरेका छौँ । हेरौँ तस्बिरहरु–
यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
नायिका आँचल भन्छिन्–‘जीवनको अँध्यारा पाटालाई प्रेमले सिँगार्ने कथा हो ब्ल्याक’
नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । चलचित्रको प्रचारप्रसारका क्रममा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र हेरिदिन समेत सबैलाई आग्रह गरिन् । ‘हरेक मानिसको जीवनमा अँध्यारा (कालो) पाटाहरु हुन्छन्, ती काला पाटाहरुलाई कसरी सेतो बनाउने भन्ने बारेमा चलचित्र बनेको छ, उनले भनिन्, ‘जीवनमा माया भइसकेपछि कसरी अप्ठ्यारो चिजपनि सजिलो लाग्छ अथवा मायाले कस्तो अप्ठ्यारो ल्याउँछ भन्ने जस्ता सबै कुराहरु मिक्स भएको छ ब्ल्याकमा ।’ चलचित्रमा आफुसहित सबै यूनिटले निकै मेहनत गरेको आँचलले बताईन् ।
मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?
मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।