दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–२

१६ भाद्र २०७६, सोमबार १६:२२

चन्द्र घलान, मकवानपुर, १६ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यस भिडियो सामग्रीको पहिलो भागमा तपाईँले चारै जना कोचहरुको चियरलाई आफुतर्फ फर्काउन सफल भएका प्रतियोगीहरुमध्ये ५ जना प्रतियोगीहरुका बारेमा हेरिसक्नु भएको छ । यदि तपाईले भिडियो हेर्न छुटाउनु भएको भए डिस्क्रीप्सनमा लिंक राखिएको छ । भिडियोको यो दोस्रो भागमा हामी चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल थप ४ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । हेरौँ भिडियो–

६) राम लिम्बु, विर्तामोड, झापा–स्थानीय ब्याण्डका दाईहरुसँगै गीत गाउँदै हिँड्ने गरेका रामले औपचारिक रुपमा साँगितिक कक्षा लिएका छैनन् । तर उनी गीत गाउन माहिर छन् । २३ वर्षीय रामले ब्लाईन्ड अडिसनमा सविन राईको म संसार जित्ने आँट बोलको गीत गाएका थिए । उनको आवाजमा चारै जना कोच फर्किएका थिए । उनी दोस्रो सिजनमा चारै जना कोचलाई फर्काउन सफल छैटौँ प्रतियोगी हुन् । उनी कोच दिपको टिममा छिन् ।

७) वैशाली लामा, सिलीगुडी–भ्वाईस अफ ईण्डियामा समेत भाग लिएकी वैशाली आफ्नै मातृभाषामा प्रतिस्पर्धा गर्न पाएकोमा खुशी लागेको बताउँछिन् । साईबाबाको भक्त रहेकी उनले साई भजनबाटै सँगीतमा पाईला चालेकी हुन् । सानैदेखि गाउन सुरु गरेकी उनले ब्लाईन्ड अडिसनमा लहनाले जुरायो कि बोलको गीत गाएकी थिईन् । २५ वर्षीय वैशालीले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएकी थिईन् । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल सातौँ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् ।

८) साईकिरण लम्साल, काँकटभिट्टा, झापा–६ वर्षदेखि भजन गाउँदै संगीत क्षेत्रमा लागेका साईकिरण फिटनेस सेन्टर समेत चलाउँछन् । बुवा र श्रीमतीबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएका साईकिरणले ब्लाईन्ड अडिसनमा नारायण गोपालको प्रियसीका यादहरु बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । सिजन २ मा चारैजना कोचलाई फर्काउन सफल उनी आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

९) झुप्री भण्डारी,अछाम–१० वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी झुप्री भण्डारी अहिले सामाजिक सञ्जालमा भाईरल छिन् । कमल भण्डारीको सहयोगमा भ्वाईसको मञ्चसम्म आएकी झुप्रीले अपाङ्ग भएकै कारण सामाजिक दुव्र्यव्यहार समेत सहेको बताउँछिन् । भ्वाईसको मञ्चमा उनको आवाज गुञ्जिएपछि संसार नदेखेका उनका आँखाले दर्शकको माया र सद्भाव महशुस गर्न पाएका छन् । आफ्नै रचनामा गीत गाउने झुप्रीले ब्लाईन्ड अडिसनमा देउडा भाका गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी सिजन २ मा सबै कोचलाई फर्काउन सफल नवौँ प्रतिभा हुन् । उनी कोच आश्थाको टिममा छिन् । आदरणीय दर्शकबिन्द, तपाईलाई यी ४ प्रतियोगीहरुमध्ये को फाईनलसम्म पुग्छ जस्तो लाग्छ ? कृपया कमेन्ट गर्न नभुल्नुहोला । साथै यो भिडियोको पहिलो र तेस्रो भाग पनि हेर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्
दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*