उत्कृष्ठ ८ मा पुराउन भोट माग्दै मकवानपुरकी सन्ध्या

१५ भाद्र २०७६, आईतवार १५:३२

मकवानपुर, १५ भदौ । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा छनौट भईसकेकी छिन् । भदौ १४ गतेको कार्यक्रममा कुनै एलिमिनेसन नभएपछि अहिले पनि ९ जना प्रतिस्पर्धीहरु एकअर्कासँग प्रतिस्पर्धामै छन् । भदौ ७ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ९ मा पर्न सफल भएकी हुन् ।

यसैबिच सन्ध्याले आफुलाई उत्कृष्ठ ८ मा पार्नका लागि आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन् । स्टाटसमा उनले गत हप्ता उनलाई भोट गरेका सबै दर्शक तथा शुभचिन्तकप्रति आफु आभारी रहेको भन्दै धन्यवाद दिएकी छिन् । हिजोको एपिसोडमा कुनै एलिमिनेशन नभएको बताउँदै उनले अगाडि लेखेकी छिन्–‘अब आउने शनिबार टप ८ का लागि कम्पीटिसन हुँदैछ, मलाई हजुरहरुको भोटको साथको धेरै जरुरत छ, प्लीज मलाई भोट गरेर टप ८ मा सेफ बनाईदिनुहोला ।’

भोटिङ खुला भईसकेको भन्दै उनले बिहीबार बिहान १० बजेसम्म आफुलाई भोट गरिदिन आग्रह गरेकी छिन् । सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।

सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् ।

यो पनि हेर्नुहोस्
कस्ले जित्छ छमछमी ? यस्ता छन् उत्कृष्ट ९ प्रतियोगीहरु

छमछमीमा भोट गर्ने तरिका

‘छमछमी’ को उत्कृष्ट ९ मा सन्ध्या आचार्य


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*